Home > अन्तराष्ट्रिय समाचार (Page 25)

ट्रम्पको अनुरोधपछि इजरेलले ग्यास खानीमा आक्रमण रोक्न सहमति जनायो, तेहरानमा हवाई हमला जारी

इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अनुरोधपछि इरानको साउथ पार्स ग्यास खानीमा भविष्यमा आक्रमण नगर्न सहमति जनाएका छन्। यद्यपि, इरानी नववर्ष 'नोरूज'को दिन इजरेलले तेहरानमा हवाई हमला जारी राखेको छ। इरानले पनि जेरुसलेममा क्षेप्यास्त्र प्रहार गरेको छ। यस बीच, मध्यपूर्वका विभिन्न देशहरूले ड्रोन र क्षेप्यास्त्र आक्रमणको खबर दिएका

Read More

दक्षिण कोरियामा कारखानामा आगो: उद्धार कार्य तीव्र, १४ बेपत्ता, २१ गम्भीर घाइते

दक्षिण कोरिया — एक कार पाट्र्स उत्पादन गर्ने कारखानामा भीषण आगलागी हुँदा कम्तीमा १४ जना बेपत्ता र २१ जना गम्भीर घाइते भएका छन्। स्थानीय समयअनुसार दिउँसो करिब १ बजे भएको आगलागीमा कुल ४५ जना घाइते भएका छन्, जसमा २१ को अवस्था गम्भीर रहेको बताइएको छ। अधिकारिहरूले उद्धार कार्य तीव्र बनाउन सबै जनशक्ति

Read More

कुवेतको तेल रिफाइनरीमाथि इरानको हवाई आक्रमण

तेहरान — इरानले कुवेतको मिना अल-अहमदी तेल रिफाइनरीमा हवाई आक्रमण गरेको छ। कुवेत पेट्रोलियम कर्पोरेसनका अनुसार ड्रोन आक्रमणले रिफाइनरीका केही युनिट बन्द गर्न बाध्य बनाएको छ, तर अहिलेसम्म मानवीय क्षति नभएको बताइएको छ। बुधबार इजरायलले ‘साउथ पार्स ग्यास फिल्ड’मा हवाई हमला गरेपछि इरानले जवाफी कारबाही गर्दै खाडीका ऊर्जा पूर्वाधारलाई निशाना बनाएको

Read More

इरानी आक्रमणको आशंका: अमेरिकी एफ–३५ ले आपतकालीन अवतरण गर्‍यो

अमेरिकी एफ–३५ लडाकु विमानले मध्यपूर्वको एक हवाई अड्डामा आपतकालीन अवतरण गरेको छ। अमेरिकी सेनाका अनुसार पाइलट सुरक्षित र स्थिर अवस्थामा रहेका छन्। इरानको रिभोलुसनरी गार्डले आक्रमण गरेको दाबी गरे पनि यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन। सीएनएनका अनुसार करिब १०० मिलियन डलर मूल्यको उक्त विमान इरानी प्रहारमा परेको हुन सक्ने

Read More

डोनाल्ड ट्रम्पको आरोप– पुटिन इरानतर्फ झुकेका

अमेरिका — डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरानलाई ‘अलिकति’ सहयोग गरिरहेको हुन सक्ने बताएका छन्। फक्स न्यूजसँगको अन्तर्वार्तामा उनले अमेरिका युक्रेनलाई सहयोग गरिरहेकाले रुसले पनि इरानलाई सहयोग गरिरहेको हुन सक्ने संकेत गरेका हुन्। यद्यपि, रुसले इरानलाई कुनै खुफिया जानकारी नदिएको दाबी गर्दै आरोप अस्वीकार गरेको छ।

Read More

युद्ध अन्त्य गर्न एन्टोनियो गुटेरेसको आग्रह

काठमाडौं — संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पश्चिम एसियामा बढ्दो तनाव अन्त्य गर्न आग्रह गरेका छन्। उनले अमेरिका र इजरायललाई युद्ध रोक्न चेतावनी दिँदै इरानलाई पनि आक्रमण बन्द गर्न आह्वान गरेका छन्। द्वन्द्वले विश्व अर्थतन्त्रमा नकारात्मक असर पारिरहेको भन्दै उनले कूटनीतिक समाधानतर्फ अघि बढ्न जोड दिएका छन्।

Read More

इन्डोनेसियामा अधिकारकर्मीमाथि एसिड आक्रमण, चार सैनिक पक्राउ

जकार्ता — इन्डोनेसियामा एक अधिकारकर्मीमाथि भएको एसिड आक्रमणमा चार जना सैनिक पक्राउ परेका छन्। आक्रमणमा उनको शरीरको २० प्रतिशतभन्दा बढी भाग जलेको छ। पीडित आन्द्रे युनुस सेनाको बढ्दो राजनीतिक भूमिकाको आलोचना गर्दै आएका थिए। घटनापछि देशभर प्रदर्शन भएको छ र राष्ट्रपति प्राबोवो सुबियान्तोसँग स्वतन्त्र छानबिनको माग गरिएको छ। अधिकारकर्मीलाई अस्पतालमा उपचार भइरहेको

Read More

स्ट्रेट अफ होर्मुज अवरुद्ध: खाडी मुलुकमा खाद्य महँगी बढ्यो

तेहरान — स्ट्रेट अफ होर्मुज अवरुद्ध हुँदा खाडी मुलुकहरूमा खाद्य आपूर्ति प्रभावित भएको छ र मूल्य वृद्धि भएको छ। बहराइन, कुवेत, संयुक्त अरब इमिरेट्स लगायतका देशमा मासु र ताजा खाद्य सामग्रीको मूल्य विशेषगरी बढेको छ। हवाई र समुद्री ढुवानीमा अवरोध र वैकल्पिक मार्गको प्रयोगले आपूर्ति लागत बढाएको छ। विश्लेषकहरूले युद्ध दीर्घकालीन भए

Read More

इरानमा प्रदर्शनकारीलाई फाँसी

काठमाडौँ — इरान सरकारले जनवरीमा भएको सरकारविरोधी प्रदर्शनका क्रममा प्रहरी हत्या आरोपमा तीन प्रदर्शनकारीलाई फाँसी दिएको छ। रिपोर्ट अनुसार दुई प्रहरी अधिकारीको हत्या दोषमा उनीहरूलाई सजाय दिइएको हो। त्यही प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोली प्रहारबाट कम्तिमा ३,११७ प्रदर्शनकारी मारिएको पुष्टि भएको छ भने ह्युमन राइट्स एक्टिभिस्ट्सका अनुसार ६,८५४ जनाको मृत्यु भएको छ।

Read More

लेबनानमा इजरायली आक्रमण: १२ स्वास्थ्यकर्मीको मृत्यु

दक्षिण लेबनानको बोरज क्षेत्रमा रहेको एक प्राथमिक स्वास्थ्य केन्द्रमा इजरायली वायु सेनाको आक्रमण हुँदा १२ जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा डाक्टर, नर्स र प्यारामेडिकहरू मारिएका हुन्। साथै, अल सावाना क्षेत्रमा स्वास्थ्यकर्मीमाथि गोली प्रहार हुँदा थप २ जनाको ज्यान गएको छ। सरकारले स्वास्थ्य संस्था र कर्मीमाथिको आक्रमणलाई अन्तर्राष्ट्रिय

Read More