Home > मुख्य समाचार (Page 18)

आर्थिक मन्दी र खुला नाकाले विराटनगरका व्यापारी विस्थापित हुँदै

विराटनगर, ८ जेठ । विराटनगरमा पछिल्लो समय सटर खाली हुने क्रम बढदै गएको छ । खुला नाका, आर्थिक मन्दी, चर्को बैंक ब्याजका कारण विराटनगरमा व्यवसायिक सटहहरु खाली हुन थालेका हुन् । व्यवसाय ठप्प हुदाँ कतिपय व्यबसायीले सटरमात्र छाडेका छैनन्, व्यवसायबाट नै पलायन भएका छन् । केही महिना अघि सम्म सञ्चालनमा

Read More

आफ्नै खर्च धान्न नसक्ने अवस्था पुग्दा पनि सरकार बेखबर छ : अध्यक्ष ओली

काठमाडौं, ९ जेठ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफ्नै खर्च धान्न नसक्ने अवस्थामा पुग्दा पनि बेखबर रहेको टिप्पणी गर्नु भएको छ । अध्यक्ष ओलीले अहिलेको सरकारको कुरा गरेर आफूले समय खर्च गर्न नचाहेको पनि बताउनु भयो । मंगलबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा

Read More

नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित

काठमाडौंं, ९ जेठ । राष्ट्रिय सभाको बैठकले सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पारित गरेको छ । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकबाट सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पारित भएको हो । जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम

Read More

बोवाओ फोरम नजाने निर्णय नेपालले नगरेको प्रधानमन्त्री दाहालको प्रष्टोक्ति

काठमाडौं, ९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले चीनमा भएको बोवाओ फोरममा नजाने निर्णय नेपालले नगरेको स्पष्ट पार्नुभएको छ । आज राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभाका सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले चीनमा भएको बोवाओ फोरममा चिनियाँ राजदुतले नै देशको अफ्ठ्यारो परिस्थितिलाई देखेर अर्को समयमा

Read More

पाठ्यक्रमबाट सन्दुक रुइतको जिवनी हटाइएको बारे प्रष्ट पार्न सांसद पन्तको माग

काठमाडौं, ९ जेठ । प्रतिनिधि सभा सदस्य भानुभक्त जोशीले बझाङमा अमेरिकी सेनाले सैनिक क्याम्प खडा गरेको भनि भ्रम फैलाइएको भन्दै भ्रम फैलाउनेप्रति छानविन गर्न सरकारसँग माग गर्नुभयो । प्रतिनिधि सभाको मंगलबारको बैठकमा शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य जोशीले आफुलाई राजनीतिक विश्लेषक बताउने भरत दाहालले भिडियो बनाएर बझाङमा अमेरिकी सेनाले

Read More

नीति तथा कार्यक्रम पूनर्लेखन गर्न राप्रपा अध्यक्ष लिङदेनको माग

काठमाडौं, ८ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पुनर्लेखन गर्न जरुरी रहेको बताउनु भएको छ । अहिलेको आर्थिक संकटलाई, अहिलेको समस्यालाई यो नीति तथा कार्यक्रमले सम्बोधन गर्न नसक्ने भएकाले यसलाई पुनर्लेखन गर्न सरकारले अप्ठ्यारो मान्न नहुने उहाँको तर्क थियो ।

Read More

सामाजिक सद्भावसहित राष्ट्रिय एकता सुदृढ बनाउन आवश्यक : एमाले अध्यक्ष ओली

काठमाडौं, ८ जेठ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सदभावसहितको राष्ट्रिय एकतालाई सुदृढ बनाउनुपर्नेमा जोड दिनु भएको छ । अध्यक्ष ओलीले धर्म, भाषा, संस्कृतिसहितका विविधतायुक्त नेपालले सामाजिक सदभावसहितको राष्ट्रिय एकताको सुदृढीकरणमा जोड दिनुपर्ने बताउनु भएको हो । उहाँले विविधता मुलुकको सामूहिक सम्पत्ति भएको उल्लेख

Read More

प्रदेश सांसदलाई ल्यापटप दिने निर्णय रोक्न एमालेको माग

विराटनगर, ८ जेठ । कोशी प्रदेशसभाका सदस्यहरूलाई ल्यापटप दिने निर्णय विवादमा परेको छ । कोशी प्रदेशसभा सदस्यहरूलाई प्रदेशसभा सचिवालयले ल्यापटप बितरण गर्न टेन्डर आहवान गरेदेखि नै ल्यापटप दिने निर्णय विवादमा परेको हो । ल्यापटप दिने निर्णयको चौतर्फि बिरोध र आलोचना भएपछि प्रदेश सभामा प्रतिनिधित्व गर्ने मुख्य दलहरूले नै ल्यापटप खरिद

Read More

आर्थिक अभावमा शरीर जोडिएका जुम्ल्याहाको उपचारमा समस्या

पदमकुमार सरदार, विराटनगर, ८ जेठ । कोशी अस्पताल विराटनगरमा तीन हप्ता अघि पहिलो पटक शरिर जोडिएको अवस्थामा जन्मिएका जुम्ल्याहा बच्चाको स्वास्थ्य अवस्था जोखिममा परेको छ । बच्चाको स्वास्थ्य अवस्था सामान्य भए पनि थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालसम्म पु¥याउन नसकेपछि जीवन जोखिमा परेको हो । सप्तरीको कल्याणपुर घर भएकी दुखनीदेवी

Read More

झापामा हात्ती मृत फेला

बुद्धशान्ति, ८ जेठ । झापाको बुद्धशान्ति गाउँपालिका ३ मा एउटा जंगली हात्ती मृत फेला परेको छ । साबिक बुधबारे गाविस ८ शितलचोकका खेतमा हात्ती मृत फेला परेको हो । करिव २५ वर्षको पोथी हात्तीको विद्युतीय धरापमा परेर मृत्यु भएको जिल्ला डिजीभन वन कार्यालय झापाले जनाएको छ । हात्तीको मृत्युबारे अनुसन्धान गर्न

Read More