Home > मुख्य समाचार (Page 17)

मन्त्रिपरिषद्का तीन निर्णय: नयाँ भन्सार नियमावली स्वीकृत, आईजीपी नियुक्त

सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत तीन मुख्य निर्णय गरेको छ। बैठकले भन्सार नियमावली २०८३ स्वीकृत गर्नुका साथै सशस्त्र प्रहरी बलको महानिरीक्षक (आईजीपी) मा नारायणदत्त पौडेललाई नियुक्त गरेको छ। यस्तै, सुरक्षण मुद्रण केन्द्रलाई सार्वजनिक निकायको सूचीमा समावेश गरी निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न अनुमति दिने निर्णय पनि गरिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

Read More

सशस्त्र प्रहरी सेवाका राजेश उप्रेती एसएसपीबाट डीआईजीमा पदोन्नति

सशस्त्र प्रहरी सेवाका राजेश उप्रेती प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा पदोन्नति हुनु भएको छ। उहाँको पदोन्नतिलाई सफल कार्यसम्पादन र सेवामा देखाएको योगदानको आधारमा भएको उपलब्धिका रूपमा लिइएको छ। नयाँ जिम्मेवारीसँगै उप्रेतीलाई आगामी दिनमा थप प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

Read More

प्रधानमन्त्री शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक आज दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ। बैठकका एजेन्डा सार्वजनिक नगरिए पनि नियमित सरकारी कामकाजबारे छलफल हुने बताइएको छ। साथै, संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउने विषयमा समेत छलफल हुन सक्ने एक मन्त्रीले जानकारी दिएका छन्।

Read More

गैरीगाउँ र मनोहरामा सुकुमबासी बस्ती हटाउन डोजर पुनः परिचालन

काठमाडौँ । राजधानीका गैरीगाउँ र मनोहरा क्षेत्रका सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन गरी संरचना हटाउने काम जारी छ। गैरीगाउँमा बिहानदेखि दुई वटा डोजर प्रयोग गरी अतिक्रमित संरचना हटाइएको छ भने भक्तपुरको मनोहरा बस्तीमा १७ वटा डोजरमार्फत घर–टहर भत्काउने काम भइरहेको छ। मनोहरामा आइतबारदेखि नै हटाउने प्रक्रिया सुरु गरिएको थियो भने यसअघि

Read More

कक्षा १२ परीक्षा आजदेखि सुरु, ४ लाख १८ हजार विद्यार्थी सहभागी

काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा आज (वैशाख १४)देखि देशभर सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ, पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा लिइँदैछ। यो वर्ष कुल ४ लाख १८ हजार ८ विद्यार्थी सहभागी छन्, जसमा नियमिततर्फ ३ लाख ३२ हजार

Read More

राहदानी नियम कडा बनाइँदै, अपराधीलाई रोक्ने प्रावधान थपियो

सरकारले राहदानी ऐन, २०७६ संशोधन गर्दै नयाँ मस्यौदा तयार गरेको छ। अब राहदानी पाँच प्रकारका हुनेछन्, जसमा अस्थायी राहदानी पनि थपिनेछ। निवेदक उपस्थित हुन नसके विशेष अवस्थामा अधिकतम दुई वर्षका लागि अस्थायी राहदानी जारी गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ। मस्यौदामा सहकारी, ज्यान, जबरजस्ती करणी र जन्मकैदजस्ता गम्भीर अभियोगमा संलग्न व्यक्तिलाई राहदानी

Read More

सुकुम्बासी व्यवस्थापन तीव्र, रंगशालामा विवरण संकलन बढ्यो

काठमाडौंका थापाथली, गैरीगाउँ, सिनामंगल र मनोहरा लगायतका बस्तीमा डोजर चलाइएपछि विस्थापित भएका सुकुम्बासीहरू अहिले फेरि सम्पर्कमा आउन थालेका छन्। सरकारले दशरथ रंगशालामा हेल्प डेस्क स्थापना गरी उनीहरूको विवरण संकलन गरिरहेको छ। आइतबार दिउँसोसम्म ३११ परिवारले आफ्नो विवरण दर्ता गराएका छन्। उपत्यका विकास प्राधिकरण र बागमती सभ्यता एकीकृत विकास समितिले छुट्टाछुट्टै डेस्कमार्फत फारम

Read More

देशभर अतिक्रमण हटाउने अभियान तीव्र, उपत्यकाबाट सुरु

काठमाडौँ — सरकारले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउने अभियान देशभर सुरु गरेको छ। पहिलो चरणमा काठमाडौँ उपत्यकाका थापाथली, सिनामङ्गल–गैरीगाउँ, शान्तिनगर र मनोहरा नदी किनारका बस्तीमा डोजर चलाइएको छ। काठमाडौँ उपत्यका विकास प्राधिकरणका अनुसार जोखिमयुक्त क्षेत्रका बस्ती हटाएपछि दोस्रो चरणमा भूमिहीनको पहिचान गरी बसोबासको व्यवस्था गरिनेछ। हालसम्म २१४

Read More

बालेन सरकारको एक महिना : १०० बुँदामध्ये अधिकांश कार्यान्वयनकै चरणमा

काठमाडौं । बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकार बनेको एक महिना पूरा हुँदा शासकीय सुधारका १०० बुँदामध्ये केही कार्यान्वयन भइसकेका छन् भने अधिकांश काम प्रक्रिया वा कार्यान्वयनकै चरणमा रहेका छन्। सरकारले ५० भन्दा बढी बुँदा एक महिनाभित्र पूरा गर्ने लक्ष्य राखेको थियो। केही महत्वपूर्ण निर्णयहरू—जस्तै छानबिन समिति गठन, रणनीति निर्माण र केही

Read More

अव्यवस्थित बस्तीबाट हटाइएका सुकुम्बासीको स्क्रिनिङ र स्वास्थ्य जाँच जारी

काठमाडौं उपत्यकाका अव्यवस्थित बस्ती हटाइएपछि सरकारले भूमिहीन तथा सुकुम्बासीहरूको स्क्रिनिङ प्रक्रिया सुरु गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अस्थायी डेस्क राखेर वास्तविक सुकुम्बासी पहिचान गर्ने काम भइरहेको छ। साथै, त्यहाँ पुगेका व्यक्तिहरूको शारीरिक र मानसिक स्वास्थ्य जाँच पनि भइरहेको छ। स्वास्थ्यकर्मीको टोलीले रक्तचाप, चोटपटक, गर्भवती अवस्था लगायतका समस्या जाँच गर्नुका साथै मनोसामाजिक परामर्श

Read More