Home > राष्ट्रिय समाचार (Page 13)

कांग्रेसमा ३ लाख नजिक सदस्यता अद्यावधिक, इतर पक्षको असहमति जारी

काठमाडौं, जेठ २० — नेपाली कांग्रेसको ‘जरा अभियान’ अन्तर्गत हालसम्म झन्डै ३ लाख क्रियाशील सदस्यले सदस्यता अद्यावधिक गरेका छन्। पार्टीले नयाँ क्रियाशील सदस्यताका लागि आवेदनसमेत खुला गरेको छ। यद्यपि, क्रियाशील सदस्यता अद्यावधिकलाई लिएर पार्टीभित्र विवाद कायम छ। शेखर कोइराला र पूर्णबहादुर खड्का पक्षधर नेताहरूले अद्यावधिक अनिवार्य बनाउने व्यवस्थाप्रति असहमति जनाउँदै आफ्नो

Read More

बिग्रिएका स्वास्थ्य उपकरण सञ्चालनमा ल्याउन राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य

काठमाडौं, जेठ २० — सरकारी अस्पतालमा प्रयोगविहीन बनेका स्वास्थ्य उपकरण मर्मत गरी पुनः सञ्चालनमा ल्याउन सरकार र राष्ट्रिय आविष्कार केन्द्र बीच सहकार्यको तयारी भएको छ। स्वास्थ्य मन्त्रालय र महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रबीच भएको छलफलमा बिग्रिएका उपकरणको पहिचान, मर्मत तथा पुनः प्रयोगका लागि समन्वय गर्ने सहमति भएको मन्त्रालयले जनाएको छ।

Read More

एमाले कार्यशालाबाट ओलीको सार्वजनिक उपस्थिति

काठमाडौं, जेठ २० — नेकपा (एमाले)ले काठमाडौंमा ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक राष्ट्रिय कार्यशाला सुरु गरेको छ। कार्यशालामा पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी भएका छन्। प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि ओली पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका हुन्।

Read More

ट्रेड युनियन खारेजीसम्बन्धी रिटमा सुनुवाइ सम्पन्न, आदेश प्रतीक्षामा

काठमाडौं, जेठ २० — निजामती कर्मचारीका ट्रेड युनियन तथा पेसागत संगठन खारेज गर्ने सरकारी निर्णयविरुद्ध दायर रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सम्पन्न भएको छ। रिट निवेदक र सरकारका तर्फबाट बहस सकिएसँगै अब अदालतको आदेश आउन बाँकी छ। यसअघि सर्वोच्चले सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

Read More

सम्पत्ति शुद्धीकरण मुद्दा : भट्ट–अग्रवालमाथिको अनुसन्धान निष्कर्षतर्फ

काठमाडौं, जेठ २० — व्यवसायी दीपक भट्ट र जगदम्बा स्टिलका अध्यक्ष शुलभ अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान अन्तिम चरणमा पुगेको छ। सम्पत्ति शुद्धीकरण विभागका अनुसार आवश्यक प्रमाण संकलन र बयान प्रक्रिया लगभग सम्पन्न भइसकेको छ। करिब दुई महिनादेखि हिरासतमा रहेका शुलभ अग्रवालको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई पाटन अस्पतालमा ११ दिन उपचारका

Read More

सम्पत्ति छानबिन आयोगसँग पूर्वन्यायाधीशहरूको असहमति, विवरण नदिने निर्णय

काठमाडौं, जेठ २० — पूर्वप्रधान न्यायाधीश तथा विभिन्न तहका पूर्वन्यायाधीशहरूले सम्पत्ति छानबिन आयोगलाई सम्पत्ति विवरण नबुझाउने निर्णय गरेका छन्। आयोगको अधिकार क्षेत्र र संवैधानिक वैधतामाथि प्रश्न उठाउँदै उनीहरूले यस्तो विवरण माग्नु विद्यमान कानुनी व्यवस्थासँग नमिल्ने निष्कर्ष निकालेका हुन्। पूर्वन्यायाधीश फोरमको अगुवाइमा भएको छलफलमा ७० भन्दा बढी पूर्वन्यायाधीश सहभागी भएका थिए। सहभागीहरूले

Read More

दिल्लीमा रवि–जयशंकर भेट, द्विपक्षीय सहकार्यमा छलफल

काठमाडौं । भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछाने ले नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री एस जयशंकर सँग शिष्टाचार भेटवार्ता गरेका छन्। भेटमा भारत–नेपाल विकास साझेदारी, आपसी सम्बन्ध र समृद्धिका विषयमा छलफल भएको बताइएको छ। भ्रमणका क्रममा लामिछानेले भारतीय जनता पार्टीका नेताहरूसँग पनि भेटघाट गरेका छन्।

Read More

हर्क साम्पाङको अडान: प्रधानमन्त्रीले माफी नमागेसम्म सदनमा सहमति छैन

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहले संसद्मा उपस्थित भएर आफ्नो अभिव्यक्ति सच्याउँदै माफी नमागेसम्म अन्य विषयमा छलफल हुन नसक्ने बताएका छन्। उनले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिले राष्ट्रिय अखण्डता र सार्वभौमसत्तामाथि प्रश्न उठाएको दाबी गर्दै उक्त भनाइबारे स्पष्ट जवाफ दिनुपर्ने माग गरेका छन्। साम्पाङले संसद्को गतिरोध अन्त्यका

Read More

भारतको स्पष्ट अडान: नेपाल–भारत विषयमा तेस्रो पक्षको स्थान छैन

काठमाडौं । भारतले नेपाल–भारतबीचका सीमा तथा अन्य द्विपक्षीय विषयहरू आपसी संवादबाटै समाधान गरिने बताउँदै तेस्रो पक्षको भूमिका स्वीकार्य नहुने स्पष्ट पारेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपाल र भारतबीचका विवाद समाधानका लागि स्थापित द्विपक्षीय संयन्त्र पर्याप्त रहेको उल्लेख गर्दै कुनै बाह्य पक्षको संलग्नता आवश्यक नरहेको बताएका छन्।

Read More

सरकारको स्पष्टोक्ति : प्रधानमन्त्रीको अभिव्यक्ति गलत अर्थ लगाइयो

सरकारले प्रधानमन्त्री बालेन्द्र शाहले ‘नेपालले भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्ति नदिएको स्पष्ट गरेको छ। शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्रीले सीमा विवादबारे बनेका द्विपक्षीय संयन्त्रमा उठेका विषय उल्लेख गर्दै आफू आश्चर्यचकित भएको प्रसंग मात्र राखेको बताए। उनले नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र आपसी वार्तामार्फत समाधान गरिनुपर्ने सरकारको

Read More