कांग्रेस अनुशासन समितिले ७०० उजुरीमाथि छलफल गर्ने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै छ। दिउँसो १ बजे हुने बैठकमा समितिमा दर्ता भएका करिब ७०० उजुरीमाथि छलफल गरिनेछ। समिति सचिव दिनेश थापामगरका अनुसार निर्वाचनका क्रममा विपक्षी उम्मेदवारलाई सहयोग गरेको लगायतका विषयमा परेका उजुरीबारे आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउने विषयमा बैठक केन्द्रित हुनेछ।
Read More
