दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चद्वारा खारेज, अनुसन्धान अगाडि बढ्ने
सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँ द्वारा दायर बन्दीप्रत्यक्षीकरण रिट खारेज गरेको छ। न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेको संयुक्त इजलासले रिट खारेज गर्दै थपिएको म्यादभित्र अनुसन्धान प्रक्रिया पूरा गर्न प्रहरीलाई आदेश दिएको हो। प्रसाईंलाई विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसूरसम्बन्धी आरोपमा अनुसन्धानका लागि प्रहरीले पर्सा अदालतको अनुमति लिएर हिरासतमा राखेको छ।
Read More
