Home > राष्ट्रिय समाचार (Page 80)

ग्यास महँगियो, पेट्रोल–डिजेल सस्तो

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गरेको छ। पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा १२ रुपैयाँ घटाइएको छ। नयाँ मूल्य अनुसार काठमाडौंमा पेट्रोल २१७ रुपैयाँ र डिजेल २२५ रुपैयाँ कायम भएको छ। तर, एलपी ग्यासको मूल्य भने प्रति सिलिन्डर १५० रुपैयाँले बढाइएको निगमले जनाएको छ।

Read More

सहकारीपीडितका लागि ‘चक्रीय राहत कोष’ स्थापना

काठमाडौँ । सरकारले सहकारी ऐन संशोधन गर्दै पीडितका लागि ‘चक्रीय राहत कोष’ स्थापना गर्ने व्यवस्था गरेको छ। अध्यादेशमार्फत थपिएको व्यवस्थाअनुसार समस्याग्रस्त सहकारीका सदस्यलाई बचत फिर्ता गर्न यो कोष प्रयोग गरिनेछ। कोषमा सरकारी रकम, संस्थाबाट फिर्ता भएको रकम तथा अन्य स्रोत समावेश हुनेछन्। कोषको रकम छुट्टै बैंक खातामा राखिने र आर्थिक वर्ष अन्त्यमा

Read More

युक्रेनमा रहेका नेपाली युद्धवन्दी रिहा गर्न नेपालको आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले युक्रेनमा युद्धवन्दी बनेका नौ नेपाली नागरिकलाई रिहा गर्न आग्रह गरेका छन्। युक्रेनका विदेशमन्त्री एन्ड्री सिबिहासँगको टेलिफोन वार्तामा खनालले मानवीय आधारमा उनीहरूलाई मुक्त गरी स्वदेश फर्काउन अनुरोध गरेका हुन्। वार्तामा नेपाल–युक्रेन सम्बन्ध र युद्धवन्दीको विषयमा छलफल भएको जनाइएको छ। युक्रेनी पक्षले यस विषयमा संवादका लागि सकारात्मक रहेको बताएको

Read More

रोल्पामा तीर्थयात्री बोकेको जिप दुर्घटना, १७ जनाको मृत्यु

रोल्पा । रोल्पाको थबाङ र उवाको सिमानामा तीर्थयात्री चढेको जिप दुर्घटना हुँदा १७ जनाको ज्यान गएको छ। रुकुम पूर्वबाट जलजला तीर्थस्थलतर्फ जाँदै गरेको जिप सडक चिप्लिएर करिब ८०० मिटर तल खस्दा चालकसहित सबै यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ। लगातारको वर्षाका कारण उद्धार कार्यमा कठिनाइ भएको र घटनास्थलमा प्रहरी तथा स्वास्थ्यकर्मी परिचालित

Read More

रास्वपाले स्थानीय तह चुनावका लागि उम्मेदवार छनोट सुरु गर्‍यो, ‘क्यान्डिडेट क्लब’ मार्फत आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया सुरु गरेको छ। पार्टीले सहमहामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा समिति गठन गर्दै ‘क्यान्डिडेट क्लब’ मार्फत वैशाख २० गतेदेखि उम्मेदवार आह्वान गर्ने तयारी गरेको छ। छनोट प्रक्रियामा आवेदन, योग्यता परीक्षण र सुझाव संकलन समेटिनेछ। रास्वपाले योग्य, सक्षम र

Read More

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री महतको स्वास्थ्य जाँच गर्न अदालतको आदेश

काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार मुद्दामा प्रतिवादी रहेका पूर्वमन्त्री डा. रामशरण महतको स्वास्थ्य जाँच गर्न विशेष अदालतले आदेश दिएको छ। अदालतले वीर अस्पतालको मेडिकल बोर्डमार्फत महतको स्वास्थ्य अवस्था परीक्षण गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो। उनकी श्रीमतीले उनी अल्जाइमर्स रोगका कारण बयान दिन असमर्थ रहेको भन्दै निवेदन दिएकी थिइन्। अख्तियारले

Read More

अवैधानिक क्लिनिकमा काम नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको निर्देशन

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले दर्तावाल चिकित्सकहरूलाई अवैधानिक स्वास्थ्य संस्थामा काम नगर्न निर्देशन दिएको छ। काउन्सिलले अनुमति प्राप्त र दर्ता भएका क्लिनिक तथा अस्पतालमा मात्र सेवा दिन आग्रह गर्दै संस्थाको वैधानिकता र दर्ता स्थिति पहिले नै जाँच गर्न भनेको छ। दर्ता नभएका संस्थामा काम गर्नु कानुन र पेसागत आचारसंहिता उल्लंघन हुने भन्दै

Read More

महान्यायाधिवक्ता कडेलको योग्यता विवाद सुनुवाइ स्थगित

काठमाडौँ । महान्यायाधिवक्ता डा. नारायणदत्त कडेलको योग्यता विवादसम्बन्धी मुद्दाको सुनुवाइ बिहीबार ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ। सर्वोच्च अदालतमा तय भएको पेसी न्यायाधीशहरू अन्य इजलासमा व्यस्त भएकाले स्थगित भएको हो। अब यो मुद्दाको सुनुवाइ अर्को मितिमा संयुक्त इजलासमा हुने भएको छ।

Read More

अध्यादेशपछि राजनीतिक नियुक्तिमा हलचल

काठमाडौँ । सरकारले अध्यादेशमार्फत राजनीतिक नियुक्ति खारेज गर्ने तयारी अघि बढाएपछि विभिन्न निकायका पदाधिकारीहरू राजीनामा दिन थालेका छन्। यसै क्रममा बिहीबार त्रिभुवन विश्वविद्यालयका उपकुलपति दीपक अर्यालसहित तीन उच्च पदाधिकारीले राजीनामा दिएका छन्। उनीहरूले नयाँ सरकारलाई काम गर्न सहज बनाउन राजीनामा दिएको बताएका छन्। सरकारले सयभन्दा बढी निकायका करिब १२ सय राजनीतिक नियुक्ति

Read More

संवैधानिक अध्यादेशबारे राष्ट्रपति पौडेलसँग ८ कानुनविदको परामर्श

काठमाडौँ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे राष्ट्रपति रामचन्द्र पौडेलले ८ जना वरिष्ठ कानुनविद्सँग शीतलनिवासमा परामर्श गरेका छन्। परामर्शमा पूर्वमहान्यायाधिवक्ता तथा संविधानविद्हरू महादेव यादव, शम्भु थापा, शेरबहादुर केसी, पूर्णमान शाक्य, टिकाराम भट्टराई, बिपिन अधिकारी, भीमार्जुन आचार्य र ललित बस्नेत सहभागी भएका थिए। सरकारले पठाएका अध्यादेशहरूको संवैधानिक पक्षबारे राष्ट्रपति कार्यालयमा छलफल जारी रहेको छ।

Read More