Home > राष्ट्रिय समाचार (Page 96)

वीपी राजमार्गमा वर्षाका कारण ६२७ यात्रुको उद्धार, ८ स्थानमा डाइभर्सन बनाउँदै

वर्षाका कारण वीपी राजमार्ग मंगलटारमा अवरुद्ध हुँदा ६ सय २७ यात्रुलाई आइतबार उद्धार गरिएको छ। रोशी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन बगाएपछि यात्रुहरू झोलुङ्गे पुलमार्फत भकुण्डेसम्म पुर्‍याइएका थिए। स्थानीय होटल व्यवसायी र नेपाल प्रहरीले फसेका यात्रुलाई फलफूल, चाउचाउ, पानी र फ्रुटी वितरण गरे। बाढीको असर कम भएपछि आठ स्थानमा डाइभर्सन

Read More

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि, संसदीय दल नेतृत्वबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि बिहान ११ बजे बस्ने भएको छ। बैठकमा संसदीय दलको नेता चयनबारे छलफल हुने र सभापति गगन थापाले सहमतिका लागि नाम प्रस्ताव गर्ने तयारी रहेको पार्टी स्रोतले जनाएको छ। कार्यसम्पादन बैठकपछि दिउँसो १ बजे सांसदहरूसँग छुट्टै छलफल हुने कार्यक्रम पनि तय भएको छ। यसअघि सहमतिमै

Read More

त्रिवि क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो हाताभित्र रहेको क्रिकेट रंगशाला तथा अन्य अतिक्रमित जग्गा खाली गर्न ३५ दिने अल्टिमेटम दिएको छ। त्रिविले १८ वटा संघ–संस्थालाई जग्गा खाली गर्न पत्राचार गरेको छ। सोही सूचीमा नेपाल क्रिकेट संघ (क्यान) पनि परेको छ, जसको त्रिविसँगको सम्झौता यही महिनाअन्त्यमा सकिँदैछ। त्रिवि प्रशासनले अतिक्रमित जग्गा फिर्ता ल्याउने

Read More

पर्सामा गुठीको अतिक्रमित जग्गा खाली, ३८० घर हटाइयो

पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ स्थित गण्डक नहर छेउको गुठीको अतिक्रमित करिब ५ बिघा जग्गा सरकारले खाली गराएको छ। आइतबार बिहानदेखि ७ वटा डोजर प्रयोग गरी त्यहाँ बनेका ३८० घरटहरा हटाइएको हो। गाउँपालिकाका अनुसार मधेशका गृह तथा सञ्चारमन्त्री फकिरा महतोको पहलमा यो अभियान अघि बढाइएको हो। दुई वर्षदेखि प्रयास भइरहेको भए पनि

Read More

कीर्तिपुरका अस्थायी सेल्टरमा सुकुमवासीको असन्तुष्टि, खानामा गुनासो

काठमाडौं महानगर क्षेत्रका थापाथली, गैरीगाउँ र सिनामंगलबाट हटाइएका सुकुमवासीहरूलाई सरकारले कीर्तिपुर, भक्तपुर र ललितपुरका विभिन्न अस्थायी सेल्टरमा राखेको छ। कीर्तिपुरस्थित सुन्दरीघाट राधास्वामी आश्रमसहित अन्य केन्द्रहरूमा राखिएका उनीहरूलाई महानगरले प्याकेट खाना र चिया उपलब्ध गराएको छ। तर, अस्थायी सेल्टरमा बसेकाहरूले उपलब्ध खाना अपर्याप्त भएको भन्दै असन्तुष्टि जनाएका छन्। वर्षौंदेखि बसोबास गर्दै आएको स्थान

Read More

बुटवलमा १८ घण्टामै डोजर चल्यो, सुकुम्बासीले सामान सार्न पाएनन्

रुपन्देहीको बुटवलमा सरकारी जग्गा अतिक्रमण गरेर बनेका घरटहरा हटाउन माइकिङ गरेको १८ घण्टामै डोजर चलाइएको छ। बुटवल उपमहानगरपालिकाले शनिबार राति सूचना जारी गरेपछि स्थानीयले सामान सार्न थालेका थिए। तर आइतबार बिहानैदेखि डोजर र सुरक्षाकर्मी परिचालन गरी संरचना भत्काउन सुरु गरिएको हो, जसका कारण धेरैले सामान सार्न पाएनन्। स्थानीयले पर्याप्त समय नदिइएको भन्दै

Read More

मनोहरा किनारको विद्यालयमा डोजर चल्ने तयारी, २७५ विद्यार्थी प्रभावित

भक्तपुरको थिमि नगरपालिका–१ लोकन्थलीस्थित सरस्वती आधारभूत विद्यालय खाली गराउन प्रहरी परिचालन भएपछि विद्यालयमा डोजर चल्ने अवस्था आएको छ। २७५ विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा कुनै पूर्वसूचना नआएको भन्दै प्रधानाध्यापक इन्दिरा महतले अचानक सामान हटाउन निर्देशन दिइएको बताएकी छन्। अहिले प्रहरी र एपीएफले विद्यालयका फर्निचर र सामग्री बाहिर निकाल्ने काम गरिरहेका छन्। विद्यालयले २०६२

Read More

वर्षाका कारण रुकुमपूर्वमा मध्यपहाडी लोकमार्ग पहिरोले अवरुद्ध

शनिबार साँझ परेको भारी वर्षाका कारण रुकुमपूर्वमा मध्यपहाडी लोकमार्ग पहिरोले अवरुद्ध भएको छ। धौलापहिरा, काँडाबगर, किमुबोटलगायत दर्जनौँ स्थानमा लेदो र पहिरो झर्दा सडक बन्द भएको ट्राफिक प्रहरीले जनाएको छ। सहायक सडकहरू पनि अवरुद्ध भएका छन्। स्थानीय तहको सहयोगमा पहिरो पन्छाउने प्रयास भइरहेको छ। मौसम अनुकूल नभएसम्म अत्यावश्यक बाहेक यात्रा नगर्न प्रहरीले आग्रह

Read More

पेप्सीकोलामा राति ८ वटा गाडी तोडफोड, एक व्यक्ति पक्राउ

काठमाडौँको पेप्सीकोलामा गए राति करिब ८ वटा गाडीमा तोडफोड भएको छ। प्रहरीका अनुसार राति करिब १ बजेतिर मापसे गरेका एक व्यक्तिले गाडीहरूमा आक्रमण गरेका हुन्। प्रत्यक्षदर्शीका अनुसार उनले नेकपा नेता प्रचण्डको नाम लिँदै तोडफोड गरेका थिए। तोडफोड गर्ने व्यक्तिलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको

Read More

मनोहरा सुकुम्वासी बस्तीमा डोजर चलिरहेको ठाउँमा आईजीपी कार्कीको निरीक्षण

प्रहरी महानिरीक्षक दानबहादुर कार्की मनोहरा नदी किनारको सुकुम्वासी बस्तीमा पुगेर अवस्थाको निरीक्षण गरेका छन्। आइतबार बिहानदेखि ठूलो संख्यामा प्रहरी परिचालन गरी बस्ती खाली गर्ने र डोजर चलाउने कार्य भइरहेको स्थानमा पुगेर उनले सुरक्षा व्यवस्था तथा भूमिहीन नागरिकको स्थानान्तरण प्रक्रियाबारे जानकारी लिएका हुन्। निरीक्षणपछि आईजीपी कार्कीले अवस्था अवलोकन गरेर फर्किएको प्रहरीले जनाएको छ।

Read More