Home > स्थानीय समाचार (Page 38)

गोरुगाडालाई ट्रकले ठक्कर दिँदा एक दम्पतीको मृत्यु

कैलाली — कैलारी गाउँपालिका–५ बजैपुरमा ट्रकले गोरुगाडालाई ठक्कर दिँदा सोमा सवार ६० वर्षीय कलसु चौधरी र ७० वर्षीया श्रीमती सेतानु चौधरीको मृत्यु भएको छ। घटनामा गोरुगाडा तान्ने दुवै गोरुको पनि मृत्यु भएको छ। ट्रक चालकलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Read More

लम्कीचुहा अस्पताल विवाद: मुख्यमन्त्री–मेयर टकरावले सेवा प्रभावित हुने चिन्ता

कैलाली — लम्कीचुहा नगरपालिकाको अस्पताललाई प्रदेशस्तरीय बनाउने विषयमा मुख्यमन्त्री कमल बहादुर शाह र मेयर सुशीला शाहीबीच विवाद चर्किएको छ। प्रदेश सरकारले व्यवस्थापन समिति गठन गरेपछि नगरपालिकाले समन्वय र सम्झौताविना निर्णय गरिएको भन्दै अस्वीकार गरेको छ। दुवै पक्षबीचको टकरावका कारण अस्पतालको सेवा प्रवाह प्रभावित हुने चिन्ता बढेको छ।

Read More

चितवनमा रगतको चरम अभाव

चितवन — नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले जिल्लामा रगतको चरम अभाव भएको भन्दै रक्तदान गर्न अपिल गरेको छ। दैनिक करिब १५० यूनिट रगत आवश्यक पर्ने भए पनि रक्तदान कार्यक्रम न्यून हुँदा अस्पतालहरूमा उपचार प्रभावित भएको जनाएको छ। रेडक्रसले बिरामीको उपचारमा समस्या नआओस् भनेर सबैलाई रक्तदान गर्न आग्रह गरेको छ।

Read More

श्रीमतीको गोली हानी हत्या, आफैँमाथि पनि प्रहार

धनगढी — गोदावरी नगरपालिकामा श्रीमतीको हत्या गरी एक पुरुषले आफूमाथि पनि गोली प्रहार गरेका छन्। ३१ वर्षीय रामबहादुर मगरले जंगलमा बाख्रा चराउन गएका बेला २८ वर्षीया श्रीमती संजिता मगरलाई भरुवा बन्दुकबाट गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ। घटनापछि उनले आफैंलाई पनि गोली हानेका छन्। घाइते मगरको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको

Read More

मोरङको बूढीगंगामा भीषण आगलागी

विराटनगर — मोरङको बूढीगंगा गाउँपालिका–३ मा बुधबार दिउँसो भएको भीषण आगलागीले मुसहर बस्तीका ११ घर जलेर खरानी भएका छन्। दिउँसो करिब २ बजे सुरु भएको आगो ४५ मिनेटपछि नियन्त्रणमा आए पनि बस्ती पूर्णरूपमा ध्वस्त भएको प्रहरीले जनाएको छ। घटनामा मानवीय क्षति नभए पनि करिब १ करोड १७ लाख रुपैयाँ बराबरको क्षति

Read More

झापाबाट ७ जना पक्राउ

झापा । भद्रपुरबाट लागुऔषधसहित ७ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको संयुक्त टोलीले मंगलबार राति दुई स्थानमा छापा मार्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो। भद्रपुर–६ मा गरिएको छापामा करिब ५० ग्रामभन्दा बढी ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन् भने भद्रपुर–५ बसपार्क क्षेत्रबाट थप ११ ग्रामभन्दा

Read More

धरान उपमहानगरमा कर्मचारीले ड्युटीको समयमा पार्टी चन्दा संकलन गर्दा विवाद

धरान — धरान उपमहानगरपालिकाकी करार कर्मचारी अस्मिता राईले कार्यालयको काउन्टरमा ड्युटीमा रहँदै श्रम संस्कृति पार्टीका लागि १९,५६० रुपैयाँ चन्दा संकलन गरेकी छन्। कर्मचारी पोशाक र परिचयपत्रमा रहेको राईको यो क्रियाकलाप कर्मचारी आचारसंहिता उल्लङ्घन भएको भन्दै आलोचना भएको छ। उपमहानगर प्रशासनले राईलाई आचारसंहिताको स्पष्टता लिन कार्यालयमा उपस्थित हुन बोलाएको छ भने थप

Read More

हुम्ला: खानेपानी अभावमा स्थानीयले प्रशासन घेराउ

हुम्लाको सिमकोटमा हप्तौंंदेखि खानेपानी अभाव भएपछि स्थानीय महिलाहरूले जिल्ला प्रशासन कार्यालयको गेट बाहिर घेराउ गरेका छन्। गाउँपालिका र सम्बन्धित निकायलाई समस्या समाधानको लागि पटक–पटक अनुरोध गरिए पनि सुनुवाइ नभएको गुनासो उनीहरूले गरेका छन्। स्थानीय उद्गम बुढा भन्छन्, “पानी नपाउँदा अरूको धारामा जान बाध्य हुनुपर्यो।”

Read More

रामेछापमा दशकयताकै भयानक हावाहुरी: विद्यालयका छाना उडे, विद्युत सेवा ठप्प

रामेछाप — सोमबार साँझ चलेको तीव्र हावाहुरीले जिल्लाका घर, सार्वजनिक भवन र विद्यालयका छानामा व्यापक क्षति पुर्‍याएको छ। दोरम्बाशैलुङ–२ को काकलिङ माविको छानो पूर्ण रूपमा उडेको छ भने सुनापति–५ बालमावि र अन्य संरचनासमेत प्रभावित भएका छन्। हावाहुरीका कारण जिल्लाभर विद्युत सेवा पनि अवरुद्ध भएको छ। मन्थली प्रसारण केन्द्रका अनुसार सिन्धुली

Read More

हावाहुरीले धनकुटामा व्यापक क्षति, आयुर्वेद स्वास्थ्य केन्द्रको सेवा प्रभावित

धनकुटा — सोमबार राति आएको हावाहुरीले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रसहित सरकारी तथा निजी संरचनामा व्यापक क्षति पुर्‍याएको छ। हावाहुरीका कारण आयुर्वेद स्वास्थ्य केन्द्रको भवनमा क्षति पुग्दा ओपिडी सेवा वैकल्पिक रूपमा सञ्चालन भइरहेको छ भने थेरापी सेवा अस्थायी रूपमा बन्द गरिएको केन्द्र प्रमुख विद्या श्रेष्ठले जानकारी दिइन्। प्रमुख जिल्ला अधिकारी विनोदकुमार

Read More