Friday, June 05, 2026
Home > स्थानीय समाचार > दाउन्ने सडकको सास्ती असारभित्र अन्त्य हुने, ३ किमि ढलान बाँकी

दाउन्ने सडकको सास्ती असारभित्र अन्त्य हुने, ३ किमि ढलान बाँकी

काठमाडौं: दाउन्ने खण्ड मा यात्रुले भोग्दै आएको धुलो–हिलोको सास्ती यही आर्थिक वर्षभित्र हट्ने भएको छ।

सडक विभागका अनुसार कुल ११ किलोमिटरमध्ये ८ किलोमिटर ढलान सकिएको छ भने अब करिब ३ किलोमिटर मात्र बाँकी छ। बाँकी काम तीव्र गतिमा भइरहेको र छिट्टै सम्पन्न हुने जनाइएको छ।

ढलान सकिएको करिब २० दिनपछि सडक पूर्ण रूपमा सञ्चालनमा आउनेछ। लक्ष्यअनुसार काम भएमा असारभित्रै दाउन्ने खण्डमा सहज यातायात सम्भव हुने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *