जनकपुर प्रादेशिक अस्पताल मा चिकित्सकहरूले पेनडाउन गरेपछि तीन दिनदेखि अस्पतालको सेवा प्रभावित बनेको छ। शल्यक्रियापछि एक सुत्केरीको अवस्था गम्भीर बनेको घटनामा दुई चिकित्सक निलम्बन गरिएपछि स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका हुन्।
ओपीडी सेवा प्रभावित हुँदा बिरामी र कुरुवाले समेत अस्पतालमा प्रदर्शन गरेका छन्। स्थिति तनावग्रस्त बनेपछि अस्पताल क्षेत्रमा प्रहरी परिचालन गरिएको छ।


