पोखरा महानगरपालिकाले फिर्के खोलाको खोलाघरभित्र सार्वजनिक जमिन अतिक्रमण गरेर बनाइएका संरचना हटाउन डोजर चलाउन सुरु गरेको छ। अभियानको सुरुआत सिर्जनाचोक नजिक लायन्स क्लब भवन आसपासबाट गरिएको हो।
महानगरले यसअघि ३५ दिनको समय दिएर संरचना हटाउन चेतावनी दिएको थियो, जसको समयसीमा सकिएपछि डोजर परिचालन गरिएको हो। खोलाघर खाली गरी फिर्के करिडोर परियोजना अघि बढाउने योजना रहेको महानगरले जनाएको छ।






