कोशी प्रदेश सरकारले भारत र बंगलादेश लक्षित पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्न खोजे पनि संघीय नीतिगत झन्झटका कारण योजना प्रभावित भएको छ।
प्रदेशले सीमावर्ती भारतीय सहरहरूमा रोड शो र पर्यटन महोत्सव गर्ने तयारी गरे पनि केन्द्र सरकारको अनुमति प्रक्रिया अनिवार्य हुँदा कार्यक्रम अघि बढ्न नसकेको अधिकारीहरूले बताएका छन्। पर्यटन विकासका ठूला योजनामा ध्यान केन्द्रित गर्ने तयारी पनि प्रदेशले गरेको छ।


