Friday, June 05, 2026
Home > स्थानीय समाचार > मकवानपुरमा ट्रक दुर्घटना : १ जनाको मृत्यु, चालक घाइते

मकवानपुरमा ट्रक दुर्घटना : १ जनाको मृत्यु, चालक घाइते

हेटौंडा — कान्ति लोकपथ अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखामा बुधबार बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।

हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख ८७६० नम्बरको सरसफाइ सामग्री बोकेको ट्रक अनियन्त्रित भई सडकछेउको घरमा ठोक्किएर करिब १५० मिटर तल खोल्सामा खसेको थियो।

दुर्घटनामा वीरगन्ज महानगरपालिका–३२ का २० वर्षीय सन्तोष यादवको घटनास्थलमै मृत्यु भएको छ। चालक ३३ वर्षीय कृष्ण यादव घाइते भएका छन् र उनलाई उपचारका लागि भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *