Friday, June 05, 2026
Home > स्थानीय समाचार > महाभारत गाउँपालिका लगातार तेस्रोपटक ‘शून्य बेरुजु’ पालिका

महाभारत गाउँपालिका लगातार तेस्रोपटक ‘शून्य बेरुजु’ पालिका

काभ्रेपलाञ्चोक — महाभारत गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षणमा पनि शून्य बेरुजु कायम गर्दै लगातार तेस्रोपटक यो उपलब्धि हासिल गरेको छ। करिब १ अर्ब १३ करोड ७१ लाख ९० हजार रुपैयाँको लेखापरीक्षण भए पनि कुनै बेरुजु नदेखिएको प्रतिवेदनमा उल्लेख छ।

गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार कानुनअनुसार बजेट कार्यान्वयन, अनियमित खर्च नियन्त्रण र पारदर्शी प्रशासनका कारण यो सफलता सम्भव भएको हो।

जिल्लाका अन्य स्थानीय तहहरूमा भने सानोदेखि मध्यम स्तरसम्म बेरुजु देखिएको छ। महाभारत गाउँपालिका देशमै उदाहरणीय स्थानीय तहका रूपमा उभिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *