१९ चैत, सुर्खेत – सुर्खेतको वीरेन्द्रनगरस्थित यातायात व्यवस्था कार्यालय र मालपोत कार्यालयबाट बिचौलियाको आरोपमा १६ जना पक्राउ परेका छन्। उनीहरूले सवारी दर्ता किताब (ब्लुबुक) नवीकरण र भू-सेवा सम्बन्धी काम गरिदिने भन्दै रकम लिँदै बिचौलियाको रूपमा काम गरिरहेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा ६ पुरुष र १० महिला रहेका छन्। पक्राउ पर्ने व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।


