कपिलवस्तु । होमप्रकाश चौधरी लाई ड्युटीमा रहेका सशस्त्र प्रहरीमाथि हातपात गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
भारतीय सीमाबाट सामान ल्याउने विषयमा विवाद हुँदा वडा नं. ५ को शिवलवा दोहनी चेकपोस्टमा उनले भीमबहादुर चौधरी माथि हातपात गरेका थिए।
घटनापछि सशस्त्र प्रहरीले उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ।


