Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > गृहमन्त्री गुरुङद्वारा रोशीमा अवैध क्रसर तुरुन्त बन्दको निर्देशन

गृहमन्त्री गुरुङद्वारा रोशीमा अवैध क्रसर तुरुन्त बन्दको निर्देशन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले काभ्रेको रोशी खोलामा अवैध रूपमा सञ्चालन भइरहेका सबै क्रसर उद्योग तुरुन्त बन्द गर्न निर्देशन दिएका छन्।

उनले भने, “नदीजन्य पदार्थ (ढुंगा, गिटी र बालुवा) अवैध उत्खनन् गर्दा बाढी र पहिरोको जोखिम बढ्छ।” २०७८ असोजमा रोशी खोलामा आएको बाढीले बिपी राजमार्गका करिब २५ किमी क्षति पुर्‍याएको थियो। गुरुङले अब कुनै राजनीतिक सेटिङका आधारमा अवैध क्रसर सञ्चालन नहुने पनि स्पष्ट पारे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *