Friday, June 05, 2026
Home > स्थानीय समाचार > आठराई त्रिवेणीले आइतबार बिदा नदिने, कार्यालय बिहान १० बजे खुल्ने

आठराई त्रिवेणीले आइतबार बिदा नदिने, कार्यालय बिहान १० बजे खुल्ने

ताप्लेजुङ — आठराई त्रिवेणी गाउँपालिकाले संघीय सरकारले सातामा दुई दिन शनिबार–आइतबार बिदा दिने निर्णय लागू नहुने जनाएको छ। गाउँपालिका अध्यक्ष दिपेन्द्र पोमुका अनुसार, बुधबार बसेको ६० औं कार्यपालिका बैठकले कार्यालय बिहान १० बजे खोल्ने र आइतबार पनि बिदा नहुने निर्णय गरेको छ।

पोमुले भने, “सेवाग्राही बिहान ढिला आउँछन् र कर्मचारीले पनि दुई घण्टा यात्रा गर्नु पर्छ। यो निर्णय व्यवहारिक छैन।” यस अनुसार, कार्यालय समय १०–५ बजे लागु रहनेछ र शनिबार मात्र बिदा हुनेछ।

विद्यालयमा पनि शनिबार मात्र बिदा हुनेछ। पोमुले संघीय निर्णयले पाठ्यक्रम प्रभावित हुने भन्दै कार्यान्वयन असम्भव भएको बताए। उनले फेसबुकमा पनि सार्वजनिक गर्दै, आवश्यक परे बिदाको दिन पनि इन्सेन्टिभको व्यवस्था गर्ने बताएका छन्।

पोमु नेकपा एमाले जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष पनि हुन् र गाउँपालिकामा एमाले बहुमत छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *