Friday, June 05, 2026
Home > स्थानीय समाचार > दक्षिणकालीमा कार दुर्घटना, चालक सुरज खड्काको मृत्यु

दक्षिणकालीमा कार दुर्घटना, चालक सुरज खड्काको मृत्यु

दक्षिणकाली नगरपालिका–९ रानीमडाँडामा आइतबार कार दुर्घटना हुँदा काठमाडौंका ३४ वर्षीय सुरज खड्काको मृत्यु भएको छ। हेटौंडाबाट काठमाडौं आउँदै गरेको बा.अ.बी ५२८१ नम्बरको कार अनियन्त्रित भई करिब ७ सय मिटर तल खसेको थियो। गाडी चालकसमेत रहेका खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। कार पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने उद्धार कार्य जारी रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *