मकवानपुरमा राहदानी अब घरमै पुग्ने सेवा सुरु गरिएको छ। जिल्ला प्रशासन कार्यालयको समन्वयमा हुलाकमार्फत हेटौंडा उपमहानगर क्षेत्रमा पहिलोपटक राहदानी घरमै वितरण गरिएको हो।
सुरुवातका रूपमा केही राहदानी घर–घरमा पुर्याइएका छन् भने पहिलो चरणमा करिब ५०० राहदानी वितरण गर्ने योजना रहेको छ।
यस सेवाले सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने झन्झट हटाउँदै समय र श्रम बचत गर्ने अपेक्षा गरिएको छ। भविष्यमा नागरिकता, परिचयपत्र र लाइसेन्स पनि घरमै पुर्याउने योजना रहेको प्रशासनले जनाएको छ।


