Friday, June 05, 2026
Home > स्थानीय समाचार > बैतडीमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, चार घाइते

बैतडीमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, चार घाइते

बैतडीको सुर्नया गाउँपालिका–८ ढोल्यामोड–पुर्चौडी सडकखण्डमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।

दुर्घटनामा ३४ वर्षीय जनक लुहारको मृत्यु भएको प्रहरीले जनाएको छ। विपरीत दिशाबाट आइरहेका दुई मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो।

घाइतेमध्ये दुईजनालाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ भने अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *