भोजपुरमा शनिबार साँझको वर्षाका कारण सडक अवरुद्ध हुनुका साथै विद्युत् सेवा प्रभावित भएको छ।
भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी राजमार्गमा पहिरो र अवरोधका कारण सवारी आवागमन रोकिएको छ। साथै, ग्रामीण कच्ची सडकहरूमा पनि क्षति पुगेको छ।
वर्षाले हाइड्रोपावर र ३३ केभी प्रसारण लाइनमा समस्या आएपछि जिल्लाभर विद्युत् आपूर्ति अवरुद्ध भएको छ। क्षतिको विवरण संकलन भइरहेको र मर्मत कार्य अघि बढाइएको अधिकारीहरूले जनाएका छन्।


