धरान — धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर आइन्द्रविक्रम बेघाले आफ्नो कार्यकालमा सुकुमबासी बस्तीमा डोजर चल्न नदिने घोषणा गरेका छन्।
नेपाल बसोबास बस्ती संरक्षण समाजसँगको भेटमा उनले “म नेतृत्वमा रहुन्जेल धरानमा कुनै पनि घर भत्काइने छैन” भन्दै प्रतिबद्धता जनाए।
उनका अनुसार संघीय सरकार वा सुरक्षा निकायबाट आएका निर्देशन भए पनि धरानको क्षेत्राधिकारभित्र कुनै डोजर सञ्चालन हुन दिइने छैन।
बेघाले सुकुमबासी समस्या समाधानमा मानवीय र कानुनी उपाय आवश्यक रहेको बताउँदै करिब १५ हजारभन्दा बढी सुकुमबासी धरानमा रहेको जानकारी दिए।
उनले प्रभावित बस्तीवासीलाई संयमित रहन आग्रह गर्दै उपमहानगरले अभिभावकको भूमिका निर्वाह गर्ने आश्वासन दिएका छन्।


