Friday, June 05, 2026
Home > स्थानीय समाचार > धनुषामा गुठी जग्गाका घरटहरा हटाउने तयारीविरुद्ध प्रदर्शन

धनुषामा गुठी जग्गाका घरटहरा हटाउने तयारीविरुद्ध प्रदर्शन

जनकपुरधाम । गुठी जग्गामा बनेका घरटहरा हटाउने तयारीको विरोधमा धनुषामा स्थानीय बासिन्दाले प्रदर्शन गरेका छन्।

‘गुठी, कुटी घरजग्गा व्यवस्थापन संघर्ष समिति’को आह्वानमा जनकपुरधाममा भएको प्रदर्शनमा उनीहरूले जिल्ला प्रशासनमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन्।

स्थानीयहरूले दशकौँदेखि बसोबास गर्दै आएका परिवारलाई विस्थापित गर्ने निर्णय फिर्ता लिन माग गरेका छन्। माग पूरा नभए थप आन्दोलन गर्ने चेतावनी पनि दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *