दाङको राप्ती गाउँपालिका–३ स्थित मण्डला आकारको नवनिर्मित प्रशासनिक केन्द्रबाट लुम्बिनी प्रदेश सरकार ले औपचारिक रूपमा सेवा सुरु गरेको छ।
मुख्यमन्त्री चेतनारायण आचार्य ले सोमबारदेखि कामकाज सुरु गर्दै यसलाई प्रदेशका लागि गौरवको उपलब्धि बताएका छन्। करिब ३ अर्ब ९ करोड रुपैयाँ लागतमा बनेका १० वटा भवनमा अब सबै मन्त्रालय एउटै परिसरमा सञ्चालनमा आएका छन्।
यसअघि विभिन्न स्थानमा रहेका मन्त्रालयहरू अब एकीकृत सेवाका लागि यही केन्द्रमा सारिएका छन्। १७ बिघा बढी क्षेत्रफलमा फैलिएको यस परिसरमा मुख्यमन्त्री कार्यालयसहित सबै मन्त्रालयका लागि आधुनिक भवन निर्माण गरिएको छ।


