राष्ट्रिय गौरवको आयोजना अन्तर्गत खाँदबारी–किमाथांका सडकखण्डमा १०.८ किलोमिटर ट्र्याक खोल्ने र स्तरोन्नतिको काम सम्पन्न भएको छ। कठिन भूगोलमा नेपाली सेनाले विस्फोटक र हेलिकप्टरको प्रयोग गर्दै निर्माण कार्य अघि बढाएको हो।
कोशी राजमार्गअन्तर्गत पर्ने यो सडक चीनसँगको किमाथांका नाका जोड्ने रणनीतिक मार्ग मानिन्छ। सडक विस्तारसँगै व्यापार, पर्यटन र स्थानीय आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।


