जकार्ता । इन्डोनेसियाको पूर्वी हलमहेरा टापुस्थित माउन्ट डुकोनो ज्वालामुखी विस्फोट हुँदा करिब २० जना पर्वतारोही बेपत्ता भएका छन्।
स्थानीय उद्धार अधिकारीका अनुसार बेपत्ता हुनेमा सिंगापुरका ९ नागरिकसमेत रहेका छन्। विस्फोटपछि आसपास करिब १० किलोमिटरसम्म धुवाँ र खरानी फैलिएको छ।
वैज्ञानिकहरूले यस क्षेत्रमा ज्वालामुखी गतिविधि बढेको चेतावनी दिँदै आएका थिए। विस्फोटपछि उद्धार कार्य जारी रहेको र घाइतेबारे यकिन जानकारी नभएको जनाइएको छ।


