Friday, June 05, 2026
Home > स्थानीय समाचार > नवलपुरमा भूमिहीन सुकुमवासीको प्रदर्शन, जिल्ला प्रशासन कार्यालय घेराउ

नवलपुरमा भूमिहीन सुकुमवासीको प्रदर्शन, जिल्ला प्रशासन कार्यालय घेराउ

नवलपुर — भूमि अधिकार आन्दोलन नेपालले मंगलबार पूर्वी नवलपरासीको जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै प्रदर्शन गरेको छ।

कावासोतीबाट सुरु भएको र्‍याली प्रशासन कार्यालय पुगेर धर्नामा परिणत भएको थियो। प्रदर्शनकारीहरूले “डोजर आतंक बन्द गर”, “भूमि र आवासको अधिकार सुनिश्चित गर” लगायतका नारा लगाएका थिए।

आन्दोलनका महासचिव हेमराज दाहालले वर्षौंदेखि जोतभोग गर्दै आएको जमिनबाट हटाउने प्रयास भइरहेको भन्दै देशव्यापी आन्दोलनको चेतावनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *