Friday, June 05, 2026
Home > स्थानीय समाचार > पाँचथरका ६ विद्यालयमा एसईई नतिजा शून्य

पाँचथरका ६ विद्यालयमा एसईई नतिजा शून्य

पाँचथरमा यस वर्षको एसईई नतिजामा ६ वटा विद्यालयका सबै विद्यार्थी अनुत्तीर्ण भएका छन्। पाँच सामुदायिक र एक संस्थागत विद्यालयबाट सहभागी कुनै पनि विद्यार्थी ‘ग्रेडेड’ हुन सकेनन्।

जिल्लाभर नियमिततर्फ २ हजार ९९ विद्यार्थी परीक्षामा सहभागी भएकामा १ हजार ३४ जना मात्रै उत्तीर्ण भएका छन्। याङवरक गाउँपालिकाको नतिजा सबैभन्दा कमजोर देखिएको छ भने तुम्बेवा गाउँपालिकाले उत्कृष्ट नतिजा निकालेको छ।

यस वर्ष जिल्लाबाट दुई जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *