तेह्रथुम, जेठ ३, २०८३ — म्याङलुङ नगरपालिका–७ की वडाअध्यक्ष तारा कार्की गुरुङले नातिसँगै एसईई परीक्षा उत्तीर्ण गर्दै अनौठो र प्रेरणादायी सफलता हासिल गरेकी छिन्।
करिब ५० वर्षकी गुरुङले ३.१६ जीपीए ल्याएर एसईई उत्तीर्ण गरेकी हुन्। उनका नाति पनि यसै वर्ष एसईईमा सफल भएका छन्।
गुरुङले वि.सं. २०५२ सालमा एसएलसी परीक्षा दिए पनि सफल हुन नसकेकी थिइन्। त्यसपछि पारिवारिक जिम्मेवारी, जनप्रतिनिधिको भूमिका र जीवनका अन्य दायित्वका कारण पढाइ रोकिएको थियो।
वडाअध्यक्षको जिम्मेवारीसँगै अध्ययनलाई निरन्तरता दिँदै उनले अधुरो सपना पूरा गरेको बताइन्। उनले उमेर र जिम्मेवारीले सिकाइ रोकिँदैन भन्ने सन्देश दिएको छ।


