Friday, June 05, 2026
Home > स्थानीय समाचार > उदयपुरमा गुणस्तरहीन पानी उत्पादन गर्ने उद्योग सिल

उदयपुरमा गुणस्तरहीन पानी उत्पादन गर्ने उद्योग सिल

उदयपुरको त्रियुगा नगरपालिका–३ लच्कास्थित नेपाल स्प्रिङ्ग पानी उद्योगलाई गुणस्तरहीन प्रशोधित पिउने पानी उत्पादन गरेको आरोपमा सिल गरिएको छ।

जिल्ला प्रशासन र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयुक्त अनुगमनमा मापदण्ड उल्लंघन र अस्वच्छ उत्पादन प्रक्रिया भेटिएपछि उद्योग तत्काल बन्द गरिएको हो। मापदण्ड पूरा नगरेसम्म सञ्चालन अनुमति नदिइने प्रशासनले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *