एसियन गेम्स पुरुष क्रिकेट छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई २२१ रनको फराकिलो अन्तरले पराजित गरेको छ। नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाएर ३१३ रन बनाएको थियो।
कुशल भुर्तेलले ४३ बलमा १२९ रनको विस्फोटक शतकीय इनिङ्स खेले भने कुशल मल्ल ८५ र रोहित पौडेल ६९ रनमा अविजित रहे। जवाफी ब्याटिङमा चीन १९.२ ओभरमा ९२ रनमै समेटियो।
नेपालका कुशल मल्लले ३ तथा सोमपाल कामी र सन्दीप लामिछानेले २–२ विकेट लिए। जितसँगै नेपालले समूह ‘ए’ मा २ अंक जोडेको छ।


