Home > अन्तराष्ट्रिय समाचार (Page 10)

दिल्लीको विवेक विहारमा एसी विस्फोटपछि आगलागी: ९ जनाको मृत्यु, २० घाइते

दिल्लीको विवेक विहार क्षेत्रमा आइतबार बिहान एअर कन्डिसनर (एसी) विस्फोट भएपछि भीषण आगलागी हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ। मृतकमध्ये एक बालक र चार महिला छन् भने करिब २० जना घाइते भएका छन्। प्रहरीका अनुसार सुतिरहेका बेला एसी विस्फोट भएपछि लागेको आगो केही मिनेटमै पूरै भवनमा फैलिएको थियो। आगो नियन्त्रणका

Read More

चेन्नई विमानस्थलमा गुडिरहेको विमानबाट यात्रुको हामफाल्दा त्रास,सबै सुरक्षित

सबै सुरक्षित भारतको चेन्नई अन्तर्राष्ट्रिय विमानस्थल मा आइतबार बिहान अवतरणपछि गुडिरहेको विमानबाट एक यात्रुले आपत्कालीन ढोका खोलेर बाहिर हामफालेपछि त्रास फैलिएको छ। एयर अरेबिया को शारजाह–चेन्नई उडानमा सवार २३१ यात्रुमध्ये ३४ वर्षीय एक पुरुषले यस्तो हर्कत गरेका हुन्। विमान ट्याक्सी गरिरहेको बेला उनले ढोका खोलेर हामफालेपछि पाइलटले तुरुन्तै ‘इमर्जेन्सी ब्रेक’ लगाएका

Read More

हर्मुज संकटपछि इराक–सिरिया हुँदै युरोप पुग्ने नयाँ तेल कोरिडोर

हर्मुज जलमार्गमा तनाव र अवरोध बढेपछि इराकले तेल निर्यातका लागि सिरियालाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न थालेको छ। इराकबाट तेल ट्रकमार्फत सिरियाको बानियास बन्दरगाहसम्म पुर्‍याइन्छ, त्यहाँबाट जहाजमा लोड गरी युरोपेली बजारमा पठाइन्छ। लामो समय बन्द रहेको इराक–सिरिया सीमा पुनः खोलिएपछि यो रुट ऊर्जा ढुवानीका लागि नयाँ विकल्प बनेको छ। यद्यपि स्थलमार्ग

Read More

संसद छलेर मध्यपूर्वमा करिब ९ अर्ब डलरको हतियार बिक्री गर्ने अमेरिकाको तयारी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले संसदको समीक्षा प्रक्रिया छलेर मध्यपूर्वका देशहरूलाई करिब ८.६ अर्ब डलर बराबरको हतियार बेच्ने तयारी गरेको छ। विदेश मन्त्रीमार्को रुबियोले आपत्कालीन अवस्था देखाउँदै प्रक्रिया द्रुत बनाउन खोजेका हुन्। कतार, इजरायल, यूएई र कुवेतलाई लक्षित हतियार बिक्री इरानबाट सम्भावित खतरा ध्यानमा राखेर गरिएको बताइएको छ। यस कदमले युरोपेली

Read More

इजरायली सेनाको उर्दी: दक्षिणी लेबननका सहर र गाउँ तुरुन्त खाली गर्नू

इजरायली सेनाले आइतबार दक्षिणी लेबननका सहर र गाउँका बासिन्दालाई तुरुन्त घर खाली गर्न र कम्तीमा १००० मिटर टाढा खुला क्षेत्रमा सर्न उर्दी जारी गरेको छ। सेनाले दक्षिणी लेबननका ११ सहर र गाउँमा आक्रमण गर्ने योजना बनाएको जनाएको छ। यो हमला हेजबुल्लाहविरुद्ध गर्ने दाबी गरिएको छ, जसले युद्धविराम उल्लंघन गरेको इजरायलको

Read More

लिपुलेक हुँदै मानसरोवर यात्रा फेरि सुरु, चीन–भारत सहजीकरण

काठमाडौं — भारतले आगामी जुन महिनादेखि चीनसँगको सहकार्यमा लिपुलेक मार्ग हुँदै कैलाश मानसरोवर यात्रा पुनः सुरु गर्ने भएको छ। यसमार्फत करिब ५०० भारतीय तीर्थयात्रीलाई तिब्बतस्थित पवित्र स्थलको दर्शनको अनुमति दिइनेछ। चीनले पनि यस यात्रालाई स्वागत गर्दै करिब १,००० भारतीय तीर्थयात्रीलाई सहजीकरण गर्ने जनाएको छ। लिपुलेक मार्गलाई लिएर नेपालले यसअघि आपत्ति जनाउँदै

Read More

इरानविरुद्ध सम्भावित कारबाहीमा अमेरिका, हाइपरसोनिक हतियार प्रयोगको चर्चा

काठमाडौं — इरानमाथि सम्भावित नयाँ सैन्य कारबाहीका लागि अमेरिकाले अत्याधुनिक हतियार प्रयोग गर्ने विकल्पबारे छलफल गरेको रिपोर्ट सार्वजनिक भएको छ। अमेरिकी सेन्ट्रल कमान्डले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘छोटो तर शक्तिशाली हमला’सम्बन्धी योजना बुझाएको बताइएको छ। योजनामा इरानका सैन्य संरचना, प्रमुख नेतृत्व र पूर्वाधारलाई निशाना बनाउने विकल्प समावेश छ। साथै ‘डार्क इगल’ नामक

Read More

तेल बजारमा झट्का: इरान तनाव र यूएईको निर्णयपछि मूल्य आकासियो

काठमाडौं । इरान सम्बन्धी बढ्दो तनाव र ओपेक बाट संयुक्त अरब इमिरेट्स बाहिरिने निर्णयसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा उक्लिएको छ। विश्व बजारको प्रमुख सूचक ब्रेन्ट क्रुड प्रति ब्यारेल १२० डलर नाघ्दै करिब १२२ डलरसम्म पुगेको छ, जुन पछिल्ला केही वर्षकै उच्च हो। डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले इरानमाथि नाकाबन्दी

Read More

पाकिस्तानमा बाख्रा चोरीको विवादले ४८ जनाको ज्यान

काठमाडौं । पाकिस्तानको शिकारपुर जिल्लामा एउटा सामान्य बाख्रा चोरीको आरोपबाट सुरु भएको विवादले ९ वर्षमा ४८ जनाको ज्यान लिएको छ। ‘जुनेजो’ र ‘कल्होडा’ समुदायबीचको झगडा सानो मनमुटावबाट सुरु भएर सशस्त्र द्वन्द्वमा परिणत भयो। दुवै पक्षले एक–अर्काको क्षेत्रलाई निषेधित बनाएका थिए र आधुनिक हतियारसहित सुरक्षा व्यवस्था कडा बनाइएको थियो। यस क्रममा शिक्षा, व्यापार

Read More

कंकाल बोकेर बैंक पुगे भाइ, अन्ततः पाइयो दिदीको पैसा

भारतको ओडिशा राज्यमा एक अनौठो र दर्दनाक घटना सार्वजनिक भएको छ। ५२ वर्षीय जीतू मुण्डा आफ्नी मृत दिदीको बैंकमा रहेको रकम निकाल्न कंकाल बोकेरै बैंक पुगेपछि सबै चकित भए। दिदीको मृत्यु भइसकेको जानकारी दिँदा पनि बैंकले प्रमाण मागेपछि उनले मसानबाट अस्थिपञ्जर निकालेर ल्याएका थिए। घटनापछि प्रशासनले हस्तक्षेप गर्दै रकम (करिब १९

Read More