प्रधानमन्त्रीको कडा निर्देशन: एक महिनाभित्र परीक्षा नतिजा सार्वजनिक गर्नुपर्ने
काठमाडौं । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले विश्वविद्यालयहरूलाई परीक्षा सकिएको एक महिनाभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिएका छन्। सोमबार ११ वटा विश्वविद्यालयका उपकुलपतिसँगको छलफलमा उनले ढिलाइका कारण विद्यार्थीको शैक्षिक सत्र र अवसर प्रभावित हुने समस्या अन्त्य गर्नुपर्ने बताए। प्रधानमन्त्री शाहले उत्तरपुस्तिका परीक्षण प्रदेशस्तरमै गरेर भए पनि समयमै नतिजा निकाल्नुपर्नेमा जोड दिए।
Read More
