Home > राष्ट्रिय समाचार (Page 106)

परराष्ट्रमन्त्री र फ्रान्सेली राजदूतबीच लगानी र पर्यटनबारे छलफल

परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि फ्रान्सकी राजदूत भर्जिनिया कोर्टेभालबीच सोमबार भेटवार्ता भएको छ। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा दुई देशबीच पर्यटन, लगानी, जलवायु परिवर्तन र हिमाली पारिस्थितिकीमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको हो। भेटमा नेपाल–फ्रान्स सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि विचार आदान–प्रदान भएको मन्त्रालयले जनाएको छ।

Read More

आयल निगम अगाडि प्रदर्शनकारीलाई प्रहरीले रोक्यो

पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै नेपाल आयल निगम पुगेका राष्ट्रिय जेनजी नागरिक अभियानका सदस्यहरूलाई प्रहरीले रोकेको छ। सोमबार प्रहरीले उनीहरूलाई निगम परिसरबाट हटाएर बबरमहल चोकतर्फ लगेको थियो।

Read More

त्रिभुवन विमानस्थलको सञ्चालन समय परिवर्तन

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज रातिदेखि नयाँ तालिकाअनुसार सञ्चालन हुने भएको छ। अब विमानस्थल दैनिक राति ११:४५ बजे बन्द भई बिहान ६:३० बजे मात्र खुल्नेछ। रनवे नजिक ट्याक्सीवे लगायत क्षेत्रमा निर्माण कार्य भइरहेकाले यो निर्णय गरिएको हो। यस अवधिमा धावनमार्ग पूर्णरूपमा बन्द हुने भएकाले केही अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरू प्रभावित

Read More

सार्वजनिक जग्गा प्रकरण: पूर्वप्रधानमन्त्रीसहित उच्च पदाधिकारीविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं — सार्वजनिक जग्गा अनियमित रूपमा बाँडिएको आरोपमा पूर्वप्रधानमन्त्रीदेखि मुख्यसचिवसम्मका उच्च पदाधिकारीलाई पक्राउ गरी छानबिन गर्न माग गर्दै सर्वोच्च अदालत मा रिट दर्ता भएको छ। रिटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निष्पक्ष अनुसन्धान र कारबाही अघि बढाउन परमादेश जारी गर्न माग गरिएको छ। प्रमाण नष्ट हुन नदिन सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा राख्नसमेत आग्रह

Read More

भारतमा सस्तो इन्धनका कारण नेपाली ढुवानी व्यवसायी मर्कामा

रुपन्देहीका ढुवानी व्यवसायीहरूले भारतमा पेट्रोलियम पदार्थ सस्तो भएकाले भारतीय मालवाहक गाडीले नेपालभित्र सस्तो ढुवानी सेवा दिँदा आफूहरू प्रतिस्पर्धामा कमजोर भएको गुनासो गरेका छन्। उनीहरूले सोमबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै भारतीय गाडीको अनियन्त्रित प्रवेश, ओभरलोड ढुवानी र कानुन कार्यान्वयनमा कमजोरीका कारण नेपाली व्यवसाय संकटमा परेको बताएका छन्। व्यवसायीहरूले नेपालमा डिजेलको मूल्य समायोजन

Read More

चिठी बुझ्न नमान्ने सेवाग्राहीले हुलाक कर्मचारी हैरान

विराटनगरस्थित हुलाक निर्देशनालयका हल्कराहरूले चिठी पुर्‍याउन जाँदा अधिकांश सेवाग्राहीले बुझ्न नमान्ने समस्या बढेको छ। बैंक, अदालत र अन्य कानूनी निकायका पत्र हुने डरले धेरैले आफ्नो परिचय लुकाउने वा ठेगाना गलत बताउने गरेका छन्। हुलाकका अनुसार चिठी बुझ्दा कानूनी झमेला वा ऋणको प्रक्रिया अघि बढ्ने डर सेवाग्राहीमा देखिन्छ। यस कारण करिब ९९

Read More

राप्रपा अध्यक्ष लिङ्देनको कडा चेतावनी: “पार्टी समाप्त पार्नेहरूसँग अब सम्झौता हुँदैन”

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी कमजोर वा समाप्त पार्न खोज्नेहरूसँग अब कुनै सम्झौता नहुने बताएका छन्। उनले पार्टीभित्रको समस्या समाधानका लागि महाधिवेशन नै एक मात्र उपाय भएको भन्दै समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाए। लिङ्देनले संगठनविरोधी गतिविधि गर्ने नेताहरूलाई स्वीकार गर्न नसकिने र सरकारका गलत निर्णयको सदन र सडकबाट प्रतिवाद

Read More

सरकार गठनको एक महिना नपुग्दै तीन मन्त्री विवादमा

काठमाडौं — प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार गठन भएको एक महिना नपुग्दै तीन मन्त्री विवादमा तानिएका छन्। यसअघि श्रीमतीलाई स्वास्थ्य बिमा बोर्डमा नियुक्त गराएपछि दीपक खड्काले मन्त्री पद गुमाइसकेका थिए। त्यहीबीच गृहमन्त्री सुधन गुरुङ पनि व्यापारिक साझेदारीको आरोपपछि विवादमा परेका छन्। गुरुङको स्टार माइक्रो इन्स्योरेन्समा व्यवसायी दीपक भट्टसँग सेयर रहेको समाचार सार्वजनिक

Read More

त्रिभुवन विमानस्थलमा मार्च २०२६ मा ७ लाख ११ हजार यात्रु सेवा लिएका

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मार्च २०२६ मा ७ लाख ११ हजार ३ सय ५७ यात्रुले सेवा लिएका छन्। अन्तर्राष्ट्रिय उडानमा एयर अरेबियाले ५० हजार ५ सय २७ र नेपाल एयरलाइन्सले ३८ हजार ५ सय ९५ यात्रुलाई सेवा दिएको छ। आन्तरिक उडानमा बुद्ध एयरले १ लाख ८२ हजार ५ सय ९ यात्रु

Read More

रास्वपाले भूपदेव शाहलाई महामन्त्री बनाउने तयारी

रास्वपाले भूपदेव शाहलाई पार्टीको महामन्त्री बनाउने तयारी गरेको छ। आजको केन्द्रीय समिति बैठकमा उनलाई महामन्त्रीको रुपमा प्रस्ताव अघि बढाउने तयारी गरिएको स्रोतले जानकारी दिएको छ। यस अघि भूपदेव शाह रास्वपामा बालेन शाहसँगै प्रवेश गरेका थिए र सहमहामन्त्रीको पदमा थिए। सुनिल लम्सालले मन्त्रीको जिम्मेवारी सम्हालिसकेपछि भूपदेवलाई महामन्त्री बनाउन लागिएको बताइएको छ।

Read More