संविधान संशोधनका लागि कांग्रेसको विज्ञ समिति गठन
काठमाडौं — नेपाली कांग्रेसले संविधान संशोधनबारे सुझाव दिन विज्ञ समितिलाई पूर्णता दिएको छ। उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठित समितिमा वरिष्ठ अधिवक्तासहित विभिन्न सदस्य समावेश छन्। समितिलाई पाँचबुँदे म्यान्डेट दिइएको छ, जसअनुसार विभिन्न समुदायका माग, आन्दोलन र पूर्व सहमतिहरूको अध्ययन गरी संशोधनका लागि सुझाव पेस गरिनेछ।
Read More
