सर्वोच्चका अधिकृत बिष्टलाई किर्ते मुद्दामा ६ महिना कैद
काठमाडौं — सर्वोच्च अदालतका अधिकृत महिमानसिंह बिष्टलाई सरकारी कागजात किर्ते गरेको आरोपमा ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना सुनाइएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश खिमानन्द भुषालको इजलासले यसअघि दोषी ठहर गरिएका बिष्टलाई बिहीबार सजाय निर्धारण गरेको हो। बिष्टले अनाधिकृत रूपमा सर्वोच्चको लेटरहेड प्रयोग गरी रेशम चौधरीलाई जेल पठाउने पत्र बनाएका
Read More
