Home > राष्ट्रिय समाचार (Page 129)

सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नेता, कार्यकर्ता र सांसदहरूलाई सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न निर्देशन दिएको छ। संसदीय दलको बैठकले मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा भीड नगर्न आग्रह गरेको प्रवक्ता मनिष झाले जानकारी दिए। साथै, जनसम्पर्कका लागि हरेक दिन एक सांसद र एक केन्द्रीय सदस्य पार्टी कार्यालयमा रहने व्यवस्था पनि गरिएको छ।

Read More

नागरिक एपबाटै एनओसी र लोकसेवा प्रवेशपत्र, एक साताभित्र सेवा सुरु हुने तयारी

काठमाडौँ। अब नागरिक एपमार्फत वैदेशिक अध्ययनका लागि आवश्यक नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) र लोक सेवा आयोगको प्रवेशपत्र लिन सकिने भएको छ। सूचना प्रविधि विभागका अनुसार यी सेवा एक साताभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। प्रणाली हाल प्राविधिक परीक्षण चरणमा रहेको छ। सेवा सुरु भएपछि सरकारी कामका लागि कार्यालय धाउनुपर्ने र लाइन बस्नुपर्ने

Read More

पश्चिम एसियामा २८ नेपाली घाइते

काठमाडौं। पश्चिम एसियामा भएको आक्रमणमा घाइते हुने नेपालीको संख्या २८ पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार २७ जना सामान्य उपचारपछि घर फर्किसकेका छन् भने एक जना अझै अस्पतालमा उपचाररत छन् र खतरामुक्त रहेका छन्। इरानको आक्रमणका क्रममा नेपालीहरू घाइते भएका हुन्।

Read More

साउदीबाट ६२ नेपाली फर्कने तयारीमा

काठमाडौं — साउदी अरेबियामा अवैध रूपमा बसिरहेका ६२ नेपालीले ‘एक्जिट भिसा’ पाएका छन्। रियादस्थित नेपाली दूतावासको पहलमा उक्त भिसा जारी गरिएको हो। दूतावासले भिसा पाएका नेपालीलाई यथाशीघ्र नेपाल फर्कन आग्रह गरेको छ। मोबाइलमा म्यासेज आइसकेकाले विमानस्थलमा त्यही देखाउँदा पुग्ने जनाइएको छ। एक्जिट भिसा निःशुल्क भए पनि हवाई टिकट भने स्वयंले व्यवस्था गर्नुपर्नेछ।

Read More

महान्यायाधिवक्ता कँडेलविरुद्धको रिट सर्वोच्चमा दरपीठ

काठमाडौं। महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको नियुक्तिविरुद्ध दायर रिट निवेदन सर्वोच्च अदालतले दर्ता गर्न अस्वीकार (दरपीठ) गरेको छ। अधिवक्ता माधवकुमार बस्नेतले योग्यता नपुगेको र स्वार्थ बाझिने भन्दै नियुक्ति बदरको माग गरेका थिए। तर रजिष्ट्रारले आवश्यक प्रमाण नपुगेको र नियमित कानुनी प्रक्रियाबाट समाधान हुने विषय भएको भन्दै निवेदन दरपीठ गरेका हुन्। यद्यपि, इजलासमा पुनः

Read More

विद्यार्थी युनियन खारेजविरुद्ध आन्दोलन घोषणा

काठमाडौं। सरकारले विद्यार्थी युनियन खारेज गर्ने तयारी गरेपछि विभिन्न विद्यार्थी सङ्गठनले संयुक्त रूपमा आन्दोलन घोषणा गरेका छन्। आजदेखि सुरु हुने आन्दोलनअन्तर्गत छलफल, प्रचार कार्यक्रम र ज्ञापनपत्र बुझाउने लगायतका गतिविधि तय गरिएको छ। विद्यार्थीहरूले युनियन खारेजको निर्णय फिर्ता लिनुपर्ने सहित विभिन्न माग अघि सारेका छन्।

Read More

नागढुंगा सुरुङमार्गमा सवारी शुल्कदर सार्वजनिक

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि नयाँ शुल्कदर सार्वजनिक गरेको छ। मन्त्रिपरिषद्को साउन २६ को निर्णयअनुसार राजपत्रमा सूचना प्रकाशित गर्दै शुल्क लागू गरिएको हो। संक्षेपमा शुल्कदर: हलुका सवारी (कार, भ्यान, पिकअप, माइक्रोबस): काठमाडौँ प्रवेश ६५ रुपैयाँ, बाहिरिँदा ६० रुपैयाँ मिनी बस / मिनी ट्रक: प्रवेश ११५ रुपैयाँ, बाहिरिँदा

Read More

भ्रामक ‘श्रम सेवा’ होर्डिङ हटाउन वैदेशिक रोजगार विभागको निर्देशन

काठमाडौं — वैदेशिक रोजगार विभागले आफ्नो कार्यालय वरपर राखिएका भ्रम सिर्जना गर्ने होर्डिङ बोर्ड, फ्लेक्स र भित्तेलेखन हटाउन निर्देशन दिएको छ। शुक्रबार जारी सूचनामा विभागले ‘यहाँ श्रम गरिन्छ’, ‘श्रम स्वीकृति हुन्छ’ जस्ता सन्देशसहितका प्रचार सामग्रीले सेवाग्राहीलाई भ्रममा पार्ने भन्दै ती सबै सामग्री चैत ३० भित्र हटाउन सम्बन्धित व्यवसायी, साइबर तथा संस्थालाई

Read More

कार्की आयोग प्रतिवेदन पूर्वाग्रही भएको रमेश लेखकको आरोप

काठमाडौं। नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकले कार्की आयोगको प्रतिवेदन पूर्वाग्रही र प्रतिशोधपूर्ण भएको आरोप लगाएका छन्। उनका अनुसार अपूर्ण र अप्रमाणित प्रतिवेदनका आधारमा आफूलाई १३ दिन नियन्त्रणमा राखिएको थियो। तर पछि आफू हाजिरी जमानीमा रिहा भएको उनले बताएका छन्। लेखकले कानुन र न्यायप्रति विश्वास रहेको उल्लेख गर्दै आगामी कानुनी र

Read More

आइतबार सार्वजनिक बिदामा पनि ओपीडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक बिदाको दिन पनि अस्पतालहरूमा ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ। मन्त्रालयले सेवा प्रवाहमा असर नपरोस् भन्दै जनशक्ति र कामको भारअनुसार सेवा व्यवस्थापन गर्न अस्पतालहरूलाई आग्रह गरेको छ। साथै, कर्मचारीलाई अन्य दिन बिदा मिलाउने वा सट्टा बिदा दिने व्यवस्था गर्न पनि निर्देशन दिइएको छ। प्रदेशस्तरीय

Read More