Home > राष्ट्रिय समाचार (Page 130)

दीपक खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चमा आज सुनुवाइ

पूर्वमन्त्री तथा नेपाली कांग्रेस नेता दीपक खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि पेशी तोकिएको छ। सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको संयुक्त इजलासमा आज सुनुवाइ हुने भएको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा पक्राउ परेका खड्काको पक्षमा दायर रिटमाथि आवश्यक कागजात प्राप्त भएपछि सुनुवाइ प्रक्रिया अघि बढाइएको

Read More

नेपाल टेलिकममा ‘सब्स्क्रिप्सन मोडल’ लागू गर्ने तयारी

काठमाडौं। नेपाल टेलिकमले मोबाइल सेवामा ‘सब्स्क्रिप्सन मोडल’ लागू गर्ने निर्णय गरेको छ। यो प्रणाली लागू भएपछि ग्राहकले आफूलाई आवश्यक पर्ने प्याकेज एकपटक सक्रिय गरेपछि स्वतः नवीकरण हुने सुविधा पाउनेछन्। सेवा प्रदायकहरूका अनुसार यो मोडलले कम्पनीको आम्दानी सुनिश्चित गर्न र नयाँ प्रविधिमा लगानी गर्न सहयोग गर्नेछ। तर विज्ञहरूले न्यून आय भएका प्रयोगकर्तालाई

Read More

देउवा पक्षको सर्वोच्चमा नयाँ रिट, १५औँ महाधिवेशन तालिका रोक्न माग

नेपाली कांग्रेस भित्रको शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनको कार्यतालिका रोक्न माग गर्दै सर्वोच्च अदालतमा पूरक रिट दायर गरेको छ। रिटमा कार्यतालिका तत्काल कार्यान्वयन नगर्न र मुद्दा टुंगिएपछि मात्र पार्टीका गतिविधि अघि बढाउन आदेश दिन माग गरिएको छ। सो रिटमाथि आज सर्वोच्चमा सुनुवाइ हुने पेशी तोकिएको छ।

Read More

रास्वपाको संसदीय दल बैठक आज, उपसभामुख निर्वाचनबारे छलफल

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी ले आज (शुक्रबार) दिउँसो १ बजे संसदीय दलको बैठक बोलाएको छ। महामन्त्री कविन्द्र बुर्लाकोटी का अनुसार सिंहदरबारस्थित कार्यालयमा बस्ने बैठकमा उपसभामुखको निर्वाचनबारे मुख्य छलफल हुनेछ। रास्वपाले उपसभामुखमा रूवीकुमारी ठाकुर लाई समर्थन गरिसकेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी की सरस्वती लामा पनि उम्मेदवार रहेकी छन्। बैठकमा अन्य समसामयिक विषयमा

Read More

ओली र लेखक माथि अनुसन्धान जारी

काठमाडौं — सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै थपिएको हिरासत म्याद सकिएपछि रिहा गर्न आदेश दिएको थियो। उनीहरूलाई प्रमाण अभावका कारण नभई अनुसन्धान जारि राख्दै,स्वास्थ्य तथा सामाजिक अवस्थालाई ध्यानमा राखेर छाडिएको हो। ओली र लेखकमाथि अनुसन्धान भने अझै जारी छ। १४ चैतमा

Read More

कृष्णबहादुर महरामाथि सुन तस्करीमा ‘मतियार’ आरोप, ७.७८ करोड गैरकानुनी लाभ दाबी

काठमाडौं — प्रतिनिधिसभाका पूर्वसभामुख कृष्णबहादुर महरामाथि सुन तस्करी प्रकरणमा ‘गैरकानुनी लाभ लिने मतियार’को आरोप लागेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महरा र उनका छोरा राहुलसहित १४ जनालाई प्रतिवादी बनाएर करिब ७.७८ करोड रुपैयाँ गैरकानुनी लाभ लिएको दाबी गरेको छ। उनीहरू भन्सार कर्मचारीसँग मिलेमतो गरी भेपमार्फत लुकाइछिपाइ सुन ल्याउने र छुटाउने कार्यमा

Read More

दुई दिन बिदाले शैक्षिक क्यालेन्डर प्रभावित हुने नेसनल प्याब्सनको चेतावनी

काठमाडौं — राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)ले हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णयले शैक्षिक क्यालेन्डरमा नकारात्मक असर पर्ने जनाएको छ। पेट्रोलियम खपत घटाउने उद्देश्यले शनिवार–आइतबार सार्वजनिक बिदा राखिएपछि वार्षिक ४० दिन थप छुट्टी हुने र पाठ्यक्रम तोकिएको समयमा पूरा गर्न कठिन हुने नेसनल प्याब्सनको चिन्ता छ।

Read More

विद्यालयमा दुई दिन बिदा, नियमित पठनपाठन वैशाख २१ देखि

काठमाडौँ — सरकारले नयाँ शैक्षिक सत्र २०८३ को भर्ना र विद्यालय सञ्चालनको कार्यतालिका सार्वजनिक गरेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सूचनाअनुसार, भर्ना अभियान वैशाख १५ देखि सुरु हुनेछ भने नियमित पठनपाठन वैशाख २१ देखि सञ्चालन हुनेछ। मन्त्रिपरिषद्को निर्णयअनुसार, सरकारी कार्यालयसँगै सबै शैक्षिक संस्था पनि हप्तामा शनिबार–आइतबार दुई दिन बिदा

Read More

प्रधानमन्त्री बालेनको काँधमा तीन मन्त्रालयको जिम्मेवारी

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाहको काँधमा आइपुगेको छ। मन्त्री दीपककुमार साह पदमुक्त भएपछि यो मन्त्रालय प्रधानमन्त्रीकै कार्यभारमा आएको हो। यससँगै प्रधानमन्त्री बालेनले रक्षा तथा उद्योग र वाणिज्य मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्दै तीन मन्त्रालय सञ्चालन गर्ने भएका छन्।

Read More

प्रधानमन्त्रीले उत्कृष्ट क्याडेटलाई खुकुरी र छडीद्वारा पुरस्कृत

काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिमा भक्तपुरको नेपाली सैनिक प्रतिष्ठानमा अधिकृत क्याडेट तालिम पूरा गरेका उत्कृष्ट क्याडेटहरूलाई खुकुरी र छडीद्वारा पुरस्कृत गरिएको छ। प्रधानमन्त्री शाहले नव आयुक्त क्याडेटहरूलाई मातृभूमि र जनताप्रति समर्पित भएर अनुशासन र कर्तव्यनिष्ठाका साथ सेवा गर्न शुभकामना दिएका थिए। कार्यक्रममा १८३ क्याडेटले आयुक्त पद प्राप्त गरेका थिए भने

Read More