Home > राष्ट्रिय समाचार (Page 158)

बस्नेतको कार्की आयोग निर्णयमा आपत्ति, सरकारलाई चेतावनी

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले मन्त्रिपरिषद्ले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णयलाई कुटिल र षडयन्त्रपूर्ण भनेका छन्। बस्नेतले फेसबुकमा लेख्दै यदि सरकार धरपकड वा राजनीतिक बदला लिन खोज्यो भने त्यसको सशक्त प्रतिरोध हुने चेतावनी दिएका छन्। उनले निष्पक्ष अनुसन्धान र सबै पक्षमा समान न्यायको माग गरे।

Read More

सुधन गुरुङ बने गृहमन्त्री, ओली–लेखकमा तनाव

काठमाडौं, १३ चैत। नयाँ बालेन सरकारमा सुधन गुरुङले गृहमन्त्रीको जिम्मेवारी सम्हालेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमा तनाव बढेको छ। गुरुङले भ्रष्टाचार र जेनजी आन्दोलनसँग सम्बन्धित कार्की आयोगको प्रतिवेदन कार्यान्वयन हुने दाबी गरेका छन्। यसअघि आयोगले ओली र लेखकविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो। सुधनले प्रतिवेदन कार्यान्वयनमा कुनै छुट

Read More

प्रधानमन्त्री बालेनलाई भारतीय समकक्षी मोदीको बधाई

काठमाडौं, १३ चैत। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई दिएका छन्। शपथग्रहणपछि उनले शुभकामना व्यक्त गर्दै नेपाल–भारत सम्बन्धलाई अझ मजबुत बनाउन नजिकबाट सहकार्य गर्ने इच्छा व्यक्त गरेका छन्।

Read More

गिटी कुट्दै गरेका आमाबुबा, मन्त्री छोरीसँग ठूलो आशा

काठमाडौं, १३ चैत। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेकी सिता वादीका आमाबुबा अझै पनि सुर्खेतको झुप्रा खोलामा गिटी कुटेर जीवनयापन गरिरहेका छन्। छोरी मन्त्री बनेको खबर टिभीमा हेर्दै उनीहरू भावुक बनेका छन्। गरिबीबीच छोरीलाई पढाएर मन्त्री बनाएकोमा खुसी व्यक्त गर्दै उनीहरूले अब वादी समुदायको शिक्षा, स्वास्थ्य र बसोबासका समस्या समाधानमा

Read More

प्रधानमन्त्री बालेनद्वारा बालुवाटारमा पूजाआजा

काठमाडौं, १३ चैत। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सरकारी निवास बालुवाटारमा पूजाआजा गरेका छन्। शपथग्रहणपछि उनी साँझ बालुवाटार पुगेर धार्मिक विधिअनुसार पूजा गरेका हुन्। यसअघि उनले सिंहदरबारमा उच्च अधिकारीहरूसँग छलफल गरेका थिए भने मन्त्रिपरिषद् बैठकले केही निर्णयसमेत गरेको थियो।

Read More

शासकीय सुधारका १०० कार्यसूची स्वीकृत, भोलि सार्वजनिक

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले शासकीय सुधारका १०० कार्यसूची आज मन्त्रिपरिषद् बैठकमा स्वीकृत गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार ती कार्यसूची भोलि सार्वजनिक गरिनेछन्।

Read More

बालेन सरकारमा पहिलोपटक ३३% महिला मन्त्री

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषदमा पहिलोपटक ३३ प्रतिशत महिला मन्त्री पुगेका छन्। सोबिता गौतम कानुनमन्त्री, निशा मेहता स्वास्थ्य मन्त्री, सीता वादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री, गीता चौधरी कृषि तथा वन मन्त्री र प्रतिभा रावल संघीय मामिला मन्त्रीमा नियुक्त भएका छन्। ५ महिला

Read More

रवि लामिछाने: बालेनलाई प्रधानमन्त्री बनाउँदा गर्व

काठमाडौं – रास्वपा सभापति रवि लामिछानेले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउँदा गर्व लागेको बताएका छन्। सिंहदरबारमा सञ्चारकर्मीलाई उनले भने, “जनतासँग गरेका वाचा पूरा गर्ने अवसर पाएकोमा खुशी छौँ। अब नागरिकको जीवनमा परिवर्तन ल्याउने जिम्मेवारी हामीसँग छ।” लामिछानेले बालेन पाँच वर्षकै लागि प्रधानमन्त्री बनेको र आवश्यकता परे थप समय रहन सक्ने पनि

Read More

मुस्ताङ एयरको हेलिकप्टर अपर लाप्चेमा सुरक्षित अवतरण

काठमाडौं – केही समयदेखि सम्पर्कविहीन रहेको मुस्ताङ एयरको हेलिकप्टर अपर लाप्चे गुम्बामा सुरक्षित अवतरण गरेको छ। हेलिकप्टरमा रहेका पाइलटसहित ५ जना यात्रु सबै सकुशल रहेको लाप्चे जलविद्युत आयोजनाका सञ्चालक भरत खत्रीले जानकारी दिए।

Read More

मेयरदेखि प्रधानमन्त्रीसम्म: बालेनको अप्रत्याशित उदय

काठमाडौं – बालेन्द्र शाह अप्रत्याशित रूपमा नेपाली राजनीतिमा उदाउँदै ३६ वर्षमै प्रधानमन्त्री बनेका छन्। काठमाडौं महानगरको मेयरबाट राष्ट्रिय राजनीतिमा प्रवेश गरेका उनले केपी शर्मा ओलीलाई झापा–५ बाट पराजित गर्दै नयाँ इतिहास रचे। सुरुमा राजनीति गर्ने योजना नभए पनि परिस्थितिले उनलाई पार्टीमा ल्याउँदै नेतृत्वसम्म पुर्‍याएको हो। र्‍यापर, इन्जिनियर र सामाजिक अभियन्ताका रूपमा

Read More