Home > राष्ट्रिय समाचार (Page 18)

संशोधनमा सहमति नजुट्दा राष्ट्रिय सभा बैठक स्थगित

राष्ट्रिय सभाको बैठक कार्यसूचीमा प्रवेश नगरी नै स्थगित भएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन र मतदाता नामावली संशोधन विधेयकमाथि परेका संशोधनबारे सहमति जुटाउन सरकार र दलहरूबीच छलफल जारी रहेकाले बैठक रोकिएको हो। संसदीय मामिलामन्त्री सोविता गौतमले दलका प्रतिनिधिसँग संवाद गरिरहेकी छन् भने सहमति भएपछि विधेयकहरू पारित गर्ने तयारी छ।

Read More

अमेरिकाबाट फर्किएका गोरखाका वृद्धको विमानमै मृत्यु

अमेरिकाबाट नेपाल फर्किरहेका गोरखा बारपाक सुलिकोट–२ निवासी ७३ वर्षीय श्याम मरहठ्ठाको टर्किस एयरलाइन्सको विमानमै मृत्यु भएको छ। आइतबार बिहान काठमाडौं अवतरण गरेको विमानमा उनी अचेत अवस्थामा भेटिएका थिए। प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ भने शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ।

Read More

विश्व सुर्तीजन्य पदार्थरहित दिवसमा मन्त्री मेहताको सन्देश: आजैदेखि कुलत त्यागौँ

निशा मेहता ले विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसरमा सुर्तीजन्य पदार्थ, भेप र हुक्काजस्ता हानिकारक वस्तुको सेवन त्याग्न आग्रह गरेकी छन्। उनले दृढ इच्छाशक्ति, परिवारको साथ र स्वास्थ्यकर्मीको परामर्शबाट कुलत छोड्न सकिने बताउँदै निकोटिनयुक्त उत्पादनको भ्रमपूर्ण प्रचारबाट सचेत रहन आग्रह गरिन्। नेपालमा करिब २९ प्रतिशत मानिसले सुर्तीजन्य पदार्थ सेवन गर्ने र हरेक

Read More

सुकुमबासी व्यवस्थापनको अधिकार अब सीडीओलाई

विराटनगर । सरकारले भूमि समस्या समाधान र लालपुर्जा वितरणको मुख्य जिम्मेवारी प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई दिएको छ । नयाँ नियमअनुसार अब भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोवासी व्यवस्थापन समितिमा राजनीतिक नियुक्ति हुने छैन । सीडीओ नेतृत्वको समितिले जग्गा वितरण, अनुगमन र लालपुर्जा वितरणको काम गर्ने व्यवस्था गरिएको छ ।

Read More

कृषिमा केन्द्रित मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

जनकपुरधाम । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषिलाई मुख्य प्राथमिकतामा राखिएको छ । सरकारले उत्पादन वृद्धि, प्रांगारिक मलको प्रयोग, माटो परीक्षण तथा ‘मेड इन मधेस’ अभियानमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड

Read More

मन्दिरमा आगो लगाइदिने छौँ भन्ने अभिव्यक्ति दिएका जनक परियार पक्राउ

काठमाडौं । धार्मिक सद्भाव भड्काउने अभिव्यक्ति दिएको आरोपमा प्रहरीले २७ वर्षीय जनक परियारलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार उनले केही दिनअघि अनामनगरस्थित संवाद डबलीमा मठ–मन्दिरबारे विवादास्पद अभिव्यक्ति दिएका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।

Read More

आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा मा पहिलो सफल आरोहण भएको सम्झनामा आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस विभिन्न कार्यक्रमसहित मनाइँदैछ । सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे र एडमन्ड हिलारी ले पहिलो पटक सगरमाथा आरोहण गरेका थिए । यस अवसरमा हिमाली पर्यटन, सुरक्षित आरोहण र वातावरण संरक्षणसम्बन्धी कार्यक्रम आयोजना गरिएको छ ।

Read More

कम्बोडियामा रहेका ६०२ नेपालीको जरिबाना मिनाहा

काठमाडौं । कम्बोडिया सरकारले भिसा अवधि सकिएर बसेका ६०२ नेपालीको जरिबाना तथा शुल्क मिनाहा गरेको छ । थाइल्यान्डस्थित नेपाली दूतावासको पहलमा उक्त निर्णय भएको हो । जरिबाना मिनाहा भएकामध्ये ३०२ नेपाली अझै स्वदेश फर्किन बाँकी रहेका छन् । राजदूत धनबहादुर वलीका अनुसार २५० जना फर्कने तयारीमा छन् भने अटेरी गरेर बसेका ५२

Read More

गणतन्त्रलाई बलियो बनाउन एकता आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र राष्ट्र निर्माणको ठूलो प्रेरणा भएको बताएका छन् । गणतन्त्र दिवसका अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले गणतन्त्रको मर्यादा जोगाउन राजनीतिक निष्ठा, सुशासन र जनउत्तरदायित्व आवश्यक रहेको बताए । राष्ट्रपति पौडेलले भ्रष्टाचार, ढिलासुस्ती र बेथिति नै मुलुकका मुख्य चुनौती भएको उल्लेख गर्दै आर्थिक समृद्धि र सुशासनमार्फत

Read More

नेपालले विदेशस्थित दूतावास पुनर्संरचना गर्ने, राजदूत नियुक्ति रोकियो

काठमाडौँ । परराष्ट्र मन्त्रालयले विदेशस्थित दूतावास तथा नियोगहरूको संख्या घटाउने तयारी थालेको छ । हाल विभिन्न १७ मुलुकमा राजदूत पद रिक्त रहेको अवस्थामा पुनर्संरचना योजनाका कारण नियुक्ति प्रक्रिया ढिलाइ भएको हो । मन्त्रालयले ४० वटा नियोगलाई घटाएर करिब १५ देखि २० वटा मात्र राख्ने विकल्पमा अध्ययन गरिरहेको छ । सरकारले दूतावास

Read More