Home > राष्ट्रिय समाचार (Page 20)

भदौ २४ का अधिकांश घटना आपराधिक, कारबाही सिफारिस : मानव अधिकार आयोग

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २४ गते भएका घटनाहरू अधिकांश आपराधिक प्रकृतिका रहेको निष्कर्ष निकाल्दै दोषी पत्ता लगाई कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ। आयोगका अनुसार संसद् भवनलगायत स्थानमा भएको हिंसात्मक घटनामा ७६ जनाको ज्यान गएको थियो। फिल्डमा खटिएका सुरक्षाकर्मी र उच्च अधिकारीहरूको भूमिकाबारे पनि सूक्ष्म अनुसन्धान गर्नुपर्ने सुझाव

Read More

जेनजी आन्दोलन प्रकरणमा रक्षा बम र सिसन बानियाँमाथि अनुसन्धान सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भूमिका रहेको भन्दै अभियन्ता रक्षा बम र सिसन बानियाँसहित केही व्यक्तिमाथि अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ। आयोगले सामाजिक सञ्जालमार्फत दिइएका अभिव्यक्तिले प्रदर्शन अराजक बनेको र आन्दोलन भड्किएको उल्लेख गरेको छ। अनुसन्धान सिफारिस गरिएका अन्यमा अमनप्रताप अधिकारी, विवेक थपलिया र असिममान बस्नेतसमेत रहेका

Read More

जेनजी आन्दोलन प्रकरणमा निश्चल बस्नेत र भिक्टर पौडेलमाथि अनुसन्धान सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा प्रदर्शन भड्काउन भूमिका खेलेको आशंकामा निर्देशक निश्चल बस्नेत र ‘रुटिन अफ नेपाल बन्द’का सञ्चालक भिक्टर पौडेलमाथि अनुसन्धान गर्न सिफारिस गरेको छ। आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा युट्युबर भाग्य न्यौपाने, टंक दाहाललगायत अन्य व्यक्तिहरूमाथि पनि छानबिन गर्न सरकारलाई सुझाव दिएको छ। आयोगकी सदस्य लिली थापाको

Read More

जेनजी आन्दोलन प्रकरणमा रास्वपाका १६ सांसदमाथि अनुसन्धान सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका घटनासम्बन्धी प्रतिवेदनमा रास्वपाका १६ सांसदमाथि अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ। आयोगले मनिष झा, हरि ढकाल, डा. तोसिमा कार्की, गणेश कार्की, सुलभ खरेल, कृष्ण कार्की, आशिका तामाङ, बब्लु गुप्ता, राजिव खत्री, शोम शर्मा, केपी खनाल, दिपक बोहरा, ज्वाला संग्रौला, शिव यादव, सुधन गुरुङ

Read More

रवि लामिछाने जेल प्रकरणमा मनिष झा र हरि ढकालमाथि अनुसन्धान सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले रास्वपा सभापति रवि लामिछानेलाई जेलबाट निकालिएको घटनामा सांसद मनिष झा, हरि ढकाल र जेलर सत्यराज जोशीमाथि अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ। जेनजी आन्दोलनका घटनाबारे छानबिन गरेको आयोगको समितिले कारागारबाट अनधिकृत रूपमा बाहिर निकालिएको कार्य कानुनविपरीत भएको निष्कर्ष निकालेको हो। आयोगले घटनामा संलग्न व्यक्तिहरूमाथि अनुसन्धान गरी

Read More

‘मिसन–८४’ तयारीमा नेकपा, स्थानीय जनप्रतिनिधिहरूको भेला सुरु

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै स्थानीय जनप्रतिनिधिहरूको भेला आयोजना गरेको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको भेलामा अहिलेसम्मका कामको समीक्षा, आगामी रणनीति र निर्वाचन तयारीबारे छलफल हुने बताइएको छ। भेलामा पार्टी नेतृत्वले प्रशिक्षण दिने कार्यक्रम पनि रहेको छ। पार्टीका नेताहरूले वामपन्थी दलबीच सहकार्यको

Read More

चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.८५ प्रतिशतमा सीमित हुने सरकारको अनुमान

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्‌मा प्रस्तुत आर्थिक सर्वेक्षणमा विद्युत्, ग्यास, सेवा क्षेत्र तथा व्यापारमा वृद्धि भए पनि कृषि, यातायात, भण्डारण र सञ्चार क्षेत्रमा कमजोर प्रदर्शनका कारण समग्र वृद्धिदर सीमित रहने बताएका छन्। गत आर्थिक

Read More

चलचित्र विधेयक २०८२ माथि प्रतिनिधिसभामा प्रारम्भिक छलफल सुरु

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले राष्ट्रियसभामा उत्पत्ति भएको चलचित्र विधेयक–२०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गरेका छन्। प्रस्तावसँगै विधेयकमाथि सैद्धान्तिक छलफल सुरु भएको छ। सरकारले २०२६ सालको पुरानो चलचित्र ऐनलाई समयानुकूल परिमार्जन गर्दै संघीय संरचना, प्रविधि र समावेशितासहित नयाँ कानुनी व्यवस्था ल्याउने उद्देश्यले विधेयक अघि

Read More

जेनजी आन्दोलन प्रतिवेदन आज सार्वजनिक गर्ने मानव अधिकार आयोगको तयारी

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले २०८२ भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनसम्बन्धी प्रतिवेदन आज सार्वजनिक गर्ने भएको छ। आयोगले प्रधानमन्त्री बालेन शाहलाई प्रतिवेदन बुझाएपछि वेबसाइटमार्फत सार्वजनिक गर्ने जनाएको छ। करिब नौ महिनापछि सार्वजनिक हुन लागेको उक्त प्रतिवेदनमा आन्दोलनका क्रममा भएको दमन, मानव अधिकार हनन तथा भदौ २४ को आगजनी,

Read More

मध्यपूर्वी द्वन्द्वले विश्व अर्थतन्त्र सुस्ताउने चेतावनी

काठमाडौं । मध्यपूर्वी एसियामा जारी द्वन्द्वका कारण विश्व अर्थतन्त्र सुस्त हुने र आर्थिक संकट गहिरिने जोखिम बढेको अर्थ मन्त्रालयले जनाएको छ। आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार विश्वव्यापी अनिश्चितता, व्यापार अवरोध र नीतिगत अस्थिरताका कारण सन् २०२६ मा आर्थिक वृद्धि कमजोर हुने अनुमान गरिएको छ। द्वन्द्व लम्बिए ऊर्जा पूर्वाधारमा क्षति पुग्ने र विश्व

Read More