Home > राष्ट्रिय समाचार (Page 21)

नेपालमा विद्युत् पहुँच ९९.१ प्रतिशत पुग्यो

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्‌मा प्रस्तुत आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार देशभर विद्युत् पहुँच ९९.१ प्रतिशत पुगेको बताएका छन्। फागुन २०८२ सम्म कुल ४,१०५ मेगावाट जडित क्षमता पुगेको छ, जसमा ३,७९८ मेगावाट जलविद्युत् रहेको छ। साथै चालु आर्थिक वर्षमा भारततर्फ २,९१८ गिगावाट आवर विद्युत् निर्यात गरिएको उल्लेख छ।

Read More

नेपालमा पूर्वाधार र डिजिटल पहुँच विस्तार: कालोपत्र सडक १ लाख किलोमिटर नाघ्यो

काठमाडौं । मुलुकभर कालोपत्र सडकको कुल लम्बाइ १ लाख ४ हजार ९०६ किलोमिटर पुगेको छ। भौतिक पूर्वाधार क्षेत्रमा सरकारी लगानी बढेसँगै संघीय सरकारबाट निर्माण हुने सडकको हिस्सा पनि विस्तार हुँदै गएको अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक सर्वेक्षण २०८२/८३ मार्फत जानकारी दिएका छन्। यसैगरी, देशमा डिजिटल टेलिभिजनको पहुँच ८२ प्रतिशत पुगेको छ भने

Read More

संवैधानिक परिषद् अध्यादेशविरुद्धको रिट संवैधानिक इजलासमा पेश हुँदै

काठमाडौं । संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार) सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०८३ को वैधानिकतामाथि प्रश्न उठाउँदै दायर गरिएको रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइका लागि पेश हुने भएको छ। अधिवक्ता गीता थापाले दायर गरेको रिटमा अध्यादेश संविधानसँग बाझिएको दाबी गरिएको छ। सर्वोच्च अदालतको रजिस्ट्रारले दरपिठ गरेको उक्त निवेदनविरुद्ध परेको निवेदनलाई

Read More

सीमान्तकृत नागरिकको अवस्था बदल्न रास्वपा सचेतकको माग

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले देशका सीमान्तकृत तथा निमुखा नागरिकको अवस्था बदल्न सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभा बैठकमा उनले गणतन्त्र आए पनि विभेद र गरिबी अझै कायम रहेको भन्दै मधेसका करिब एक लाख मुसहरसहित दलित तथा सीमान्तकृत समुदाय नागरिकताबाट वञ्चित रहेको बताए। उनले भूमिहीन, अपांगता भएका व्यक्ति, किसान

Read More

संसद्मा बहुभाषिक दस्तावेजीकरण गर्न सांसद बोहराको माग

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपक बोहराले संसद्मा नेपालीबाहेकका भाषामा बोलेका अभिव्यक्तिहरू पनि दस्तावेजीकरण गर्नुपर्ने माग गरेका छन्। प्रतिनिधिसभा बैठकमा उनले आफू डोटेली भाषामा बोल्न चाहेको तर अभिलेखन नहुने अवस्थाका कारण नसकेको बताएका छन्। उनले मैथिली भाषामा अभिव्यक्ति दस्तावेजीकरण भएको उदाहरण दिँदै सबै भाषालाई समेट्ने व्यवस्था गर्न आग्रह गरेका

Read More

मानव अधिकार आयोग कार्यक्रममा प्रधानमन्त्री अनुपस्थित, सभामुख प्रमुख अतिथि

काठमाडौं — राष्ट्रिय मानव अधिकार आयोगको स्थापना दिवस कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) अनुपस्थित भएपछि सभामुख डोलप्रसाद अर्याल प्रमुख अतिथि बनेका छन्। आयोग स्रोतका अनुसार प्रधानमन्त्रीले आफू आउन असमर्थ रहेको जनाउँदै कानुनमन्त्रीलाई सहभागी गराउन सुझाव दिएका थिए। त्यसपछि सभामुखलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको हो। आयोगले आफ्ना सिफारिसहरूको कार्यान्वयन कमजोर रहेको भन्दै

Read More

भदौ २४ घटनाको छानबिन गर्न सांसद हमालको माग

काठमाडौं — नेकपा एमालेकी सांसद टुकाभद्रा हमालले भदौ २४ गतेको घटनाको छानबिन गर्न सरकारसँग माग गरेकी छन्। प्रतिनिधिसभा बैठकमा उनले घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन आवश्यक रहेको बताउँदै क्षतिग्रस्त संरचना पुनर्निर्माणको योजनाबारे पनि प्रश्न उठाइन्। उनले ऐतिहासिक सिंहदरबार कहिले पुनर्निर्माण हुन्छ भन्नेबारे सरकारसँग जानकारी माग गरेकी छन्।

Read More

नयाँ संसद् भवनको कुर्सीबारे रास्वपा सांसदको प्रश्न

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डागीले नयाँ संसद् भवनमा प्रयोग हुने सभामुख र सांसद बस्ने कुर्सी कुन देशको काठबाट बनेको हो भन्ने प्रश्न गरेकी छन्। प्रतिनिधिसभा बैठकमा उनले स्वदेशी काठको प्रयोग नहुँदा अर्बौं रकम बाहिरिएको भन्दै परनिर्भरता घटाउनुपर्ने र सरकारी संरचनामै स्वदेशी सामग्री प्रयोग गर्नुपर्ने माग पनि राखेकी

Read More

रवि लामिछाने काठमाडौं अदालतमा उपस्थित, तारिख बुझेर फर्किए

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नियमित तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्। कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनसम्बन्धी मुद्दामा उनी बुधबार अदालत पुगेका थिए। तारिख बुझेर उनी सोही दिन फर्किएका हुन्। उक्त मुद्दामा उनी यसअघि ६० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए भने अर्को तारिख असार

Read More

कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्ने

काठमाडौं — नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। बैठक बिहीबार बिहान ११:३० बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठकमा समसामयिक राजनीतिक अवस्था, संसद्मा पार्टीको भूमिका तथा आगामी रणनीतिबारे छलफल हुने बताइएको छ। सबै सांसदहरूलाई अनिवार्य उपस्थित हुन सूचित गरिएको छ।

Read More