Home > राष्ट्रिय समाचार (Page 35)

सर्वोच्च प्रशासनविरुद्ध नेपाल बारको प्रदर्शन, दिउँसै लालटिन बालेर विरोध

काठमाडौं । सर्वोच्च अदालत प्रशासनले संवैधानिक महत्त्वका रिट निवेदन दर्ता नगरेर न्यायिक प्रक्रियामा अवरोध गरेको भन्दै नेपाल बार एसोसिएसन आन्दोलनमा उत्रिएको छ। बारमा आबद्ध कानुन व्यवसायीहरूले सर्वोच्च अदालत परिसरमा दिउँसै लालटिन बालेर प्रदर्शन गर्दै अदालत प्रशासनको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्। उनीहरूले रिट दर्ता प्रक्रिया सहज बनाउन माग गर्दै विभिन्न नारा लेखिएका

Read More

अर्थमन्त्री अनुपस्थित भएपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं — प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्ले अनुपस्थित भएपछि मंगलबार सदनमा अवरोध भएको छ। विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा एमाले सांसद राजेन्द्रकुमार राईले सम्बन्धित मन्त्री बिना छलफल अगाडि बढ्न नसक्ने अडान लिएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो। सभामुख डोलप्रसाद अर्यालले अर्थमन्त्री आउँदै गरेको जानकारी दिए पनि सांसदहरूले

Read More

अर्थमन्त्री अनुपस्थित भएपछि संसदमा अमरेश सिंह आक्रोशित, मधेश उपेक्षाप्रति चेतावनी

काठमाडौं — बजेटका प्राथमिकतामाथिको छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्ले अनुपस्थित भएपछि सांसद अमरेश सिंह संसदमा आक्रोशित बनेका छन्। उनले परम्परा तोड्ने नाममा संसदीय अभ्यास नै कमजोर बनाइएको भन्दै सरकारको आलोचना गरे। सिंहले मधेशबाट सबैभन्दा बढी समर्थन पाएर बनेको सरकारले मधेशलाई प्राथमिकतामा नराखेको आरोप पनि लगाए। उनले मधेश उपेक्षित रहे विस्फोटक अवस्था आउन

Read More

इजरायल रोजगारीमा ढिलाइको विरोध गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । इजरायल रोजगारी प्रक्रियामा भएको ढिलाइ र अन्योलको विरोधमा पीडित उम्मेदवारहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। दुई वर्षदेखि इजरायल रोजगारीको पर्खाइमा रहेका युवाहरूले सरकार र सम्बन्धित निकायको गैरजिम्मेवार कार्यशैलीका कारण आफूहरू अन्यायमा परेको गुनासो गरे। प्रदर्शनकारीहरूले वैदेशिक रोजगार विभागले पटक–पटक आश्वासन दिए पनि हालसम्म आधिकारिक सूचना नआएको बताएका छन्। उनीहरूले पुराना

Read More

प्रतिनिधिसभा बैठक बहिष्कार गर्दै बाहिरिए हर्क साम्पाङ

सांसद हर्क साम्पाङ प्रतिनिधिसभा बैठक छाडेर बाहिरिएका छन्। बोल्न समय नदिएको भन्दै उनले बैठक बहिष्कार गरेका हुन्।बैठक सुरु हुँदा पनि उनले सरकारविरुद्ध नारासहितको पर्चा प्रदर्शन गरेका थिए।

Read More

पाँच दिनमै चेपाङ दम्पतीका तीनै सन्तानको मृत्यु, जंगली च्याउको आशंका

चितवनको इच्छाकामना गाउँपालिका–१ कुलबाङका श्यामबहादुर चेपाङले पाँच दिनभित्र आफ्ना तीनै सन्तान गुमाएका छन्। टाउको दुख्ने, वान्ता हुने र पखाला लाग्ने लक्षण देखिएपछि ९ वर्षीया नमुना चेपाङको गाउँमै मृत्यु भएको थियो भने ११ वर्षीय साजन र १३ वर्षीया मनिताको भरतपुर अस्पतालमा उपचारका क्रममा निधन भयो। परिवारले मकैको भातसँग जंगली साग खाएको र

Read More

कञ्चनजंघामा हावाहुरीको असर, रोप फिक्सिङ रोकियो, केही टोली काठमाडौं फर्किए

काठमाडौं — खराब मौसम र तीव्र हावाहुरीका कारण कञ्चनजंघा मा रोप फिक्सिङ रोकिएको छ। केही अन्तर्राष्ट्रिय टोलीले अभियान स्थगित गर्दै काठमाडौं फर्किएका छन्। Seven Summit Treks का अनुसार ८२ सय मिटरसम्म डोरी टाँग्ने काम सकिए पनि हावाहुरीका कारण टोली आधार शिविर फर्किएको हो। हाल अधिकांश आरोही मौसम सुधारको प्रतीक्षामा रहेका छन्

Read More

प्रधानन्यायाधीशमा सिफारिस भएका लागि डा. मनोज शर्माको सुधार योजना सार्वजनिक

प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोज शर्माले न्यायपालिकालाई छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउने कार्ययोजना प्रस्तुत गरेका छन्। उनले योग्यताका आधारमा न्यायाधीश नियुक्ति, संवैधानिक इजलासलाई प्रभावकारी सञ्चालन र पुराना मुद्दा घटाउने प्रतिबद्धता जनाएका छन्। “अदालतले फैसला मात्र होइन, न्यायिक प्रक्रियामा स्वच्छता र विश्वास पनि कायम गर्नुपर्छ,” उनले बताएका छन्।

Read More

प्रधानन्यायाधीश सिफारिस भएका डा. शर्माको सुनुवाइ आजै टुंग्याउने तयारी

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोज शर्माको संसदीय सुनुवाइ मंगलबारै टुंग्याउने तयारी गरिएको छ। सुनुवाइ समितिले उजुरीमाथि छलफल गरिरहेको छ भने अनुमोदनपछि आजै राष्ट्रपतिबाट नियुक्ति र शपथ गराउने सम्भावना रहेको बताइएको छ।

Read More

सांसद निनुकुमारी कर्णद्वारा कार्की प्रकरणमा सरकारसँग जवाफ माग

काठमाडौं । प्रतिनिधिसभा बैठकमा सांसद निनुकुमारी कर्णले रास्वपाका सांसद कृष्णकुमार कार्कीमाथि लागेको आरोपबारे सरकारसँग संसद्लाई स्पष्ट जानकारी गराउन माग गरेकी छन्। उनले एक नाइजेरियन महिलाले गर्भवती अवस्थामा सांसद सम्पर्कविहीन भएको भन्दै न्याय खोजिरहेको विषय उठाउँदै, दोषी भए कारबाही हुनुपर्ने बताइन्।

Read More