Home > राष्ट्रिय समाचार (Page 47)

पोखरामा कांग्रेसको गण्डकी प्रदेशस्तरीय भेला सुरु

पोखरा । नेपाली कांग्रेसको गण्डकी प्रदेशस्तरीय भेला बिहीबार पोखरामा सुरु भएको छ। पार्टी सभापति गगन थापाले प्रदेश तथा स्थानीय तहकेन्द्रित प्रशिक्षण कार्यक्रमको उद्घाटन गरेका हुन्। कांग्रेसले संगठन सुदृढीकरण र कार्यकर्ता प्रशिक्षणलाई केन्द्रमा राख्दै सातै प्रदेशमा यस्ता भेला सञ्चालन गरिरहेको जनाएको छ। यसअघि पार्टीले सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि प्रदेशस्तरीय भेला सम्पन्न गरिसकेको

Read More

निजी क्षेत्रमाथि भय सिर्जना भइरहेको छ : रामकुमारी झाँक्री

काठमाडौं । राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुको सट्टा भय र त्रासको वातावरण बनाएको आरोप लगाएकी छन्। बिहीबार राष्ट्रियसभामा बोल्दै उनले “पहिले थुन्ने अनि सुन्ने” सरकारी प्रवृत्तिले लगानी र व्यवसायिक वातावरण बिग्रिएको टिप्पणी गरिन्। निजी क्षेत्रसँग संवाद र सहकार्य आवश्यक रहेको उनको भनाइ थियो। झाँक्रीले सरकारको नीति तथा कार्यक्रम

Read More

मूल्यवृद्धिविरुद्ध निर्माण व्यवसायी आन्दोलनमा, देशभर काम ठप्प पार्ने चेतावनी

काठमाडौं । इन्धन तथा निर्माण सामग्रीको मूल्यवृद्धिको विरोधमा नेपाल निर्माण व्यवसायी महासंघ आन्दोलनमा उत्रिएको छ। व्यवसायीहरूले बिहीबार सडक विभाग र जलस्रोत तथा सिँचाइ विभागमा ज्ञापनपत्र बुझाउँदै धर्ना दिएका हुन्। महासंघले बढ्दो लागतका कारण निर्माण क्षेत्र संकटमा परेको भन्दै ठेक्काको मूल्य समायोजन र रोकिएका आयोजनाको म्याद थप गर्न सरकारसँग माग गरेको छ। महासंघका

Read More

शनिबार एमाले सचिवालय बैठक, समसामयिक राजनीति र संगठनमा छलफल हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी शनिबार सचिवालय बैठक बोलाएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा बस्ने बैठकको समय र स्थान भने अझै तय भइसकेको छैन। उपाध्यक्ष विष्णु पौडेलका अनुसार बैठकमा पार्टीको संगठनात्मक अवस्था, निर्वाचन परिणाम समीक्षा तथा पुनर्गठनका विषयमा छलफल हुन सक्ने अपेक्षा गरिएको छ। पछिल्ला दिनमा अध्यक्ष ओली विभिन्न दलका

Read More

प्रधानमन्त्री संशोधन शब्ददेखि टाढिन खोज्दैछन् : सांसद यादव

काठमाडौं । नेकपाका सांसद मातृकाप्रसाद यादवले प्रधानमन्त्री बालेन शाहलाई “संशोधन” शब्दसँगै असहजता हुने गरेको टिप्पणी गरेका छन्। प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले आफू संशोधन नभई सुझाव दिन उभिएको भन्दै प्रधानमन्त्री संसद्‌मा अनुपस्थित रहनुलाई त्यसैसँग जोडेर व्यंग्य गरे। यादवले “प्रधानमन्त्रीलाई संशोधन शब्दबाट एलर्जी छ जस्तो देखिन्छ” भन्दै नीति तथा कार्यक्रममाथिको बहसमा

Read More

सांसद केसीको टिप्पणी– सरकारले नयाँ संसदीय परम्परा बसाल्न खोज्दैछ

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्रबहादुर केसीले सरकारले पुराना संसदीय परम्परा तोड्दै नयाँ अभ्यास सुरु गर्न खोजेको आरोप लगाएका छन्। राष्ट्रियसभा बैठकमा बिहीबार बोल्दै उनले संसद् स्थगित गरेर अध्यादेशमार्फत शासन चलाउने प्रवृत्ति संसदीय अभ्यासविपरीत भएको बताए। उनले यसप्रति संसद्ले प्रतिवाद गर्नुपर्ने धारणा राखे। सांसद केसीले प्रधानमन्त्री बालेन शाहको पहिरन शैलीको समेत चर्चा

Read More

सुकुम्वासी प्रकरणमा गृहमन्त्रीको जवाफ माग्दै ज्ञानेन्द्र शाहीको आपत्ति

काठमाडौं । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सुकुम्वासी बस्ती हटाउने क्रममा भएको प्रहरी व्यवहारबारे गृहमन्त्रीले नै जवाफ दिनुपर्ने माग गरेका छन्। राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले सुत्केरी महिला र बालबालिकामाथि अमानवीय व्यवहार भएको आरोप लगाउँदै यस्तो संवेदनशील विषयमा कर्मचारी होइन, गृहमन्त्री उपस्थित हुनुपर्ने बताए। शाहीले गृहमन्त्री अनुपस्थित रहेसम्म समितिमा छलफलको

Read More

नीति तथा कार्यक्रम अस्पष्ट र जनअपेक्षा विपरीत : पद्मा अर्याल

काठमाडौं । नेकपा (एमाले)की सांसद पद्मा अर्यालले सरकारको नीति तथा कार्यक्रम जनताको अपेक्षाअनुसार नभएको टिप्पणी गरेकी छन्। प्रतिनिधिसभामा बिहीबार भएको छलफलमा उनले नीति र कार्यक्रम स्पष्ट रूपमा छुट्ट्याउन नसकिएको भन्दै आलोचना गरिन्। “नीति हो कि कार्यक्रम ? स्पष्ट छैन,” भन्दै उनले दस्तावेजमा दृष्टि र कार्यान्वयनको आधार दुवै कमजोर देखिएको बताइन्। अर्यालले जनताको

Read More

प्रधानमन्त्री संसद्मा अनुपस्थित, नीति तथा कार्यक्रमबारे पुनर्लेखनको चर्चा : सांसद श्रेष्ठ

काठमाडौं । सांसद गंगादेवी श्रेष्ठले प्रधानमन्त्री संसद् बैठकमा अनुपस्थित रहनु नीति तथा कार्यक्रमप्रति असन्तुष्टिसँग जोडिएको हल्ला बाहिर आएको बताएकी छन्। प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले उक्त कार्यक्रम पुनर्लेखन गर्नुपर्ने माग बढ्दै गएको उल्लेख गरिन्। प्रधानमन्त्रीको व्यवहारले पनि पुनर्लेखनको संकेत दिएको आफूलाई लागेको उनले भनिन्। श्रेष्ठका अनुसार बाहिर प्रधानमन्त्रीलाई नीति तथा

Read More

संविधान संशोधनले राष्ट्रिय एकता अझ कसिलो बनाउनुपर्छ : सुहाङ नेम्वाङ

काठमाडौं । नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले संविधान संशोधन राष्ट्रिय एकता कमजोर पार्ने होइन, अझ बलियो बनाउने दिशामा हुनुपर्ने बताएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले संविधान संशोधन अग्रगमनका लागि मात्र हुनुपर्ने भन्दै जनताले पाएको अधिकारलाई कमजोर पार्ने गरी परिवर्तन गर्न नहुने धारणा राखे। संविधानलाई “रगत र पसिनाले लेखिएको राष्ट्रिय दस्तावेज”

Read More