Home > राष्ट्रिय समाचार (Page 54)

‘एक्लो सांसद भनेर नहेपियोस्’ : महावीर पुन

काठमाडौं । स्वतन्त्र सांसद महावीर पुनले प्रतिनिधिसभामा आफूलाई बोल्न कम समय दिइएको भन्दै असन्तुष्टि जनाएका छन्। बैठकमा बोल्दै उनले अन्य सांसदलाई १०–२० मिनेट समय दिँदा आफूलाई मात्र ५ मिनेट दिनु अन्यायपूर्ण भएको बताए। पुनले आफू एक्लो नभई जनताको ठूलो समर्थन रहेको दाबी गर्दै समान व्यवहार गर्न सभामुखको ध्यानाकर्षण गराए।

Read More

सेनामाथि बादलको टिप्पणीपछि संसदमा विरोध

काठमाडौं । एमाले नेता रामबहादुर थापा ‘बादल’ले नेपाली सेनामाथि प्रश्न उठाएपछि संसदमा विवाद भएको छ। प्रतिनिधिसभा बैठकमा उनले सेनाको भूमिकामाथि टिप्पणी गरेपछि रास्वपा र राप्रपाका सांसदहरूले आपत्ति जनाएका हुन्। रास्वपा सांसद मनिष खनाल र राप्रपा प्रमुख सचेतक खुश्बु ओलीले सेनालाई विवादमा तान्ने अभिव्यक्ति अस्वीकार्य भएको भन्दै उक्त टिप्पणी रेकर्डबाट हटाउन माग गरेका

Read More

‘सरकार हो कि आतंकवादी ?’ भन्दै ज्ञानेन्द्र शाहीको आक्रोश

काठमाडौं । राप्रपा नेता ज्ञानेन्द्र शाहीले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयमा सरकारको कडा आलोचना गरेका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अव्यवस्थित बस्ती व्यवस्थापन गर्नुपर्ने भए पनि अमानवीय शैली स्वीकार्य नहुने बताए। शाहीले गरिबको आश्रय भत्काउँदा सरकार संवेदनशील नदेखिएको आरोप लगाउँदै मानवीय संवेदनामाथि डोजर चलाएर विकास सम्भव नहुने टिप्पणी गरे।

Read More

रास्वपाले सरकारले सुशासनको उन्नत अभ्यास गरिरहेको दाबी

काठमाडौँ — सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले सरकारले संसदीय व्यवस्थामा सुधार गर्दै सुशासन कायम गरिरहेको बताएका छन्। उपनेता पराजुलीका अनुसार, निर्वाचन वाचा अनुसार सुशासनको अभ्यास सुरु भइसकेको छ र सबै सेवा तथा क्षेत्रलाई दलीयकरणबाट मुक्त राख्ने अभियान अघि बढाइरहेको छ।

Read More

यशु थकाली पठाओ नेपालका नयाँ प्रबन्धनिर्देशक

काठमाडौँ — राइड–सेयरिङ कम्पनी पठाओ नेपालका प्रबन्धनिर्देशकको जिम्मेवारी यशु थकालीले सम्हालेका छन्। यसअघि जिम्मेवारीमा रहेका असीममान बस्न्यात बाहिरिएको थियो। थकाली सुरुदेखि नै पठाओसँग आबद्ध छन्। फाइनान्स, डेटा साइन्स, सञ्चालन र फुड बिजनेसमा काम गर्दै उनले विभिन्न भर्टिकल सफलतापूर्वक नेतृत्व गरेका छन्। बंगलादेशमा पठाओको बजार हिस्सा बढाउने काम पनि उनले गरेका थिए। थकालीले

Read More

भक्तपुरमा क्लासिक टेकविरुद्ध क्षतिपूर्ति माग्दै उजुरी

काठमाडौँ — भक्तपुर ठिमीका शिव प्रकाशले इन्टरनेट सेवा नपाएको भन्दै क्लासिक टेकविरुद्ध जिल्ला प्रशासनमा उजुरी दिएका छन्। उजुरीमा उनले कम्पनीलाई पटक–पटक सम्पर्क गर्दा पनि सेवा सुचारु नभएको, उपभोक्ता अधिकार हनन् भएको र हैरानी, मानसिक तनाव तथा समयको बर्बादीको लागि १० लाख रुपैयाँ क्षतिपूर्ति माग गरेका छन्। प्रशासनले बुधबार निवेदन दर्ता गरेको

Read More

पथलैया–अमलेखगञ्ज सडकमा वन्यजन्तुमैत्री ओभरपास निर्माणको प्रस्ताव

वीरगञ्ज — पर्सा राष्ट्रिय निकुञ्जले पथलैया–अमलेखगञ्ज खण्डमा सडक विस्तारका क्रममा जनावरको सुरक्षाका लागि दुई ओभरपास निर्माण गर्न सडक विभागलाई प्रस्ताव गरेको छ। सूचना अधिकारी सन्तोषकुमार भगतका अनुसार, सो खण्डमा सवारी अत्यधिक भएकाले दुर्घटनामा वन्यजन्तुको मृत्यु हुने जोखिम उच्च छ। चालु आर्थिक वर्षमा यहाँ दुई जरायो, पाँच चित्तल र १५ बाँदरको मृत्यु

Read More

बालेनले सांसदको प्रश्नको जवाफ नदिएकोमा हर्कको आपत्ति

काठमाडौँ — श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ नदिएकोमा आपत्ति जनाएका छन्। साम्पाङले भने, प्रधानमन्त्रीले सदनलाई सम्बोधन गर्नुपर्छ र जनताको प्रश्नको जवाफ दिनुपर्छ, नत्र जनताको अधिकार अनुत्तरित रहन्छ। उनले सीमा क्षेत्रदेखि सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयमा पनि प्रश्न उठाए।

Read More

न्यायाधीश नियुक्तिमा ‘दलीय कोटा’ भन्दै रास्वपाको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले न्यायाधीशहरूको नियुक्तिमा दलीय कोटा प्रयोग भएको आरोप लगाउँदै प्रश्न उठाएको छ। प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले न्यायपालिकाको निष्पक्षतामाथि गम्भीर आशंका व्यक्त गरे। उनले दलको प्रभावमा नियुक्त भएका न्यायाधीशका कारण न्यायालयप्रति जनविश्वास कमजोर भएको भन्दै राज्यका तीनै अंगबीचको सन्तुलन बिग्रन नहुने बताए।

Read More

‘रास्वपा अराजक जमात’ भन्दै बादलको टिप्पणी, संसदमा हंगामा

काठमाडौं । एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई अराजक समूहको जमात भएको टिप्पणी गरेका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै उनले रास्वपालाई वैचारिक आधार नभएको र अवसरवादी समूहको अस्थायी गठजोड भएको आरोप लगाए। उनको अभिव्यक्तिपछि रास्वपा सांसदहरूले आपत्ति जनाउँदै नियमापत्ति गरेका थिए। सांसदहरूले उक्त टिप्पणी संसदीय रेकर्डबाट हटाउन माग

Read More