Home > विराटनगर समाचार (Page 6)

कोशी अस्पतालमा प्रशासनको छड्के, १३७ कर्मचारी अनुपस्थित

विराटनगर । सरकारी सेवाभन्दा निजी क्लिनिकमा बढी ध्यान दिएको गुनासोपछि जिल्ला प्रशासन कार्यालय मोरङले कोशी अस्पतालमा छड्के अनुगमन गरेको छ। अनुगमनका क्रममा ७ सयभन्दा बढी कर्मचारीमध्ये १३७ जना अनुपस्थित भेटिएका छन् भने हाजिरी गरेका केही चिकित्सक पनि कार्यकक्षमा नरहेको पाइएको छ। अस्पताल प्रशासनले उनीहरूको अवस्थाबारे स्पष्ट जानकारी दिन सकेन। सहायक प्रमुख जिल्ला

Read More

जोगवनी नाकामा कडाइ, परिचयपत्र बिना नेपाल प्रवेश रोक

विराटनगर । जोगवनी नाकाबाट नेपाल प्रवेश गर्न अनिवार्य रूपमा परिचयपत्र देखाउनुपर्ने भएको छ। मोरङ प्रशासनले अवैध घुसपैठ र आपराधिक गतिविधि नियन्त्रण गर्न सीमा सुरक्षामा कडाइ गरेको हो। नाकामा सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ भने तालिमप्राप्त कुकुरसमेत प्रयोग गरिएको छ। प्रशासनले भारत आवतजावत गर्ने नागरिकलाई परिचयपत्र साथमा राख्न आग्रह

Read More

विराटनगरमा दशक लामो संघर्षपछि आमाको नामबाट छोरीलाई नागरिकता

विराटनगर — विराटनगर महानगरपालिका–५ की इन्दिरा बरालले वर्षौँको कानुनी संघर्षपछि आफ्ना दुई छोरीलाई आमाको नामबाट नेपाली नागरिकता दिलाउन सफल भएकी छन्। जिल्ला प्रशासन कार्यालय मोरङले २६ वर्षीया आशा बराल र २० वर्षीया जिज्ञासा बराललाई नागरिकता प्रदान गरेको हो। नागरिकता नहुँदा राज्यका सेवाबाट वञ्चित रहेका छोरीहरू अब अपांगता भत्ता र अन्य सुविधाका

Read More

विराटनगरमा राष्ट्रिय ३ बाइ ३ बास्केटबल प्रतियोगिता हुँदै

विराटनगर — विराटनगरमा शनिबारदेखि राष्ट्रिय ३ बाइ ३ बास्केटबल प्रतियोगिता सुरु हुने भएको छ। आयोजक विराटनगर बास्केटबल एकेडेमीका अनुसार दुई दिने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। मोरङ, सुनसरी, झापा र काठमाडौंका टोली सहभागी हुने प्रतियोगिता एभरेस्ट स्कुलको कोर्टमा सञ्चालन हुनेछ।

Read More

पत्रकार महासंघ मोरङको साधारणसभा जेठ ७ मा

विराटनगर — नेपाल पत्रकार महासंघ मोरङले वार्षिक साधारणसभा आगामी जेठ ७ गते विराटनगरमा गर्ने भएको छ। अध्यक्ष सुशीला पाठकको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गर्दै साधारणसभासँगै अन्य कार्यक्रमहरू पनि तय गरेको जनाएको छ। साथै, फ्याक्ट चेक तालिम सञ्चालन र सदस्यता नवीकरण समयसीमा पनि तोकिएको छ।

Read More

विराटनगर जुट मिलमा अनियमितता र चोरीको आरोप, उच्चस्तरीय छानबिनको माग

विराटनगर जुट मिलमा आर्थिक अनियमितता र उपकरण चोरी भएको आरोप लगाउँदै पूर्व कर्मचारी र स्थानीयले उच्चस्तरीय छानबिनको माग गरेका छन्। उनीहरूले मेसिनरी तथा धातुका सामग्री हराएको र मजदुरको सुविधाका लागि छुट्याइएको रकममा अनियमितता भएको दाबी गरेका छन्। सरकारलाई छानबिन आयोग गठन गर्न आग्रह गरिएको छ।

Read More

विराटनगरस्थित एकीकृत जाँच चौकीमा रोकिएका ट्रक तथा कन्टेनर नेपालतर्फ प्रवेश पाउने

अधिकतम खुद्रा मूल्य (एमआरपी) विषयलाई लिएर विराटनगरस्थित एकीकृत जाँच चौकीमा रोकिएका ट्रक तथा कन्टेनर नेपालतर्फ प्रवेश पाउने भएकाछन् । गएको केहीदिन यता चौकीमा अधिकतम खुद्रा मूल्यको विषयलाई लिएर करिब ४ सय बढि ट्रक तथा कन्टेनर एकीकृत जाँच चौकीमा रोकिएका थिए। विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठका अनुसार भन्सार विभागबाट आएको

Read More

विराटनगर भन्सारमा एमआरपी नियम विवाद: ४ सयभन्दा बढी ट्रक रोकिए

विराटनगरस्थित रानी एकीकृत भन्सार जाँच चौकीमा एमआरपी (अधिकतम बिक्री मूल्य) सम्बन्धी नयाँ नियम लागू भएपछि ४ सयभन्दा बढी मालवाहक ट्रक अलपत्र परेका छन्। आठ दिनदेखि जारी अवरोधका कारण अर्बौँ मूल्यका तयारी वस्तु, खाद्यान्न, कपडा, टायरलगायत सामग्री सीमामै रोकिएका छन्।भन्सार विभागले केही वस्तुमा स्वघोषणाको लचिलो व्यवस्था प्रस्ताव गरे पनि उच्च तहबाट

Read More

खण्डहर बनेको विराटनगर जुट मिल्समा अझै घन्किन्छ घण्टी

विराटनगर — नेपालकै पहिलो उद्योग १९९३ सालमा स्थापना भएको विराटनगर जुट मिल्स २०७० देखि बन्द भए पनि यसको परिसरमा अझै हरेक घण्टा घण्टी बज्ने परम्परा जारी छ। अहिले खण्डहरजस्तै बनेको मिलमा केही सुरक्षाकर्मी मात्र छन्, तर घण्टीले विगतको औद्योगिक इतिहास सम्झाइरहन्छ। कुनै समय ८ हजार मजदुरले काम गरेको यो उद्योग अहिले

Read More

विराटनगर भन्सारमा ४०० ट्रक रोकिए, समाधान खोज्न प्रधानमन्त्रीसँग छलफल

विराटनगर भन्सार आइसिपि मा एमआरपी नभएका सामानमा कडाइपछि ४०० भन्दा बढी ट्रक ८ दिनदेखि रोकिएका छन्। अर्बौं मूल्यका वस्तु अलपत्र परेपछि भन्सार विभाग र व्यवसायी दबाबमा छन्। निकासका लागि आज प्रधानमन्त्रीसँग छलफल हुने तयारी छ, जसबाट समाधान निस्कने अपेक्षा गरिएको छ।

Read More