पश्चिम नवलपरासी । सुस्ता गाउँपालिका–५ मा भारतीय सशस्त्र सीमा बल (एसएसबी)का सुरक्षाकर्मी नेपाली क्षेत्रमा प्रवेश गरेपछि स्थानीयले विरोध जनाएका छन्।
स्थानीयको विरोधपछि सुरक्षाकर्मी फर्किएका थिए। प्रशासनका अनुसार भारतीयतर्फको बाटो अवरुद्ध भएपछि उनीहरूले अस्थायी रूपमा नेपाली खेतको आलि प्रयोग गर्ने क्रममा विवाद भएको हो।


