Friday, June 05, 2026
Home > स्थानीय समाचार > डोटीमा जिप दुर्घटना : २ जनाको घटनास्थलमै मृत्यु

डोटीमा जिप दुर्घटना : २ जनाको घटनास्थलमै मृत्यु

डोटी को आदर्श गाउँपालिका–६ रौसेल्लामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा २२ वर्षीय सुबोध रोकाया र १९ वर्षीय कैलाश बिक रहेका छन्। राति करिब १२:३० बजे भएको दुर्घटनामा उनीहरूको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।गिरिचौकाबाट काँडीस्याउलेतर्फ जाँदै गरेको बोलेरो जिप घुम्तीबाट खस्दा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *